शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • नारायणी नदीमा साढे दुई तले पानीजहाजको सफल परीक्षण

नारायणी नदीमा साढे दुई तले पानीजहाजको सफल परीक्षण

  • मङ्लबार, पुस ८, २०७६
नारायणी नदीमा साढे दुई तले पानीजहाजको सफल परीक्षण

 २ सय २० जना यात्रु क्षमता रहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’को करीव एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको बताइएको छ । आइतबार २५ जना यात्रुसहित सिपको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।

परीक्षणका लागि भारतबाट प्राविधिक टोली आएको थियो । १५ करोड लगानी गरेर बनाइएको ‘क्रुज सिप’ साढे दुई तलाको हुनेछ।

क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ।

चर्चामा

सम्बन्धित समाचार