शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘घामड शेरे’ मा रियल जोडी

‘घामड शेरे’ मा रियल जोडी

  • सोमवार, कार्तिक ११, २०७६
‘घामड शेरे’ मा रियल जोडी

काठमाडौं : ८ कात्तिकबाट रिलिज हुने फिल्म ‘घामड शेरे’ मा रियल जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ । राजधानीमा फिल्मबारे जानकारी दिन आयोजित कार्यक्रममा फिल्ममा अभिनेत्री स्वस्तिमाले आफूहरूबीच अभिनयमा प्रतिस्पर्धा भएको बताएकी छन् ।

वास्तविक जीवनमा श्रीमान् श्रीमती भए पनि यो फिल्ममा भने उनीहरू साली र भिनाजुको भूमिकामा छन् । फिल्ममा निश्चलकी श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् ।

श्रीमतीको भूमिका अर्काले गर्दा श्रीमान्कै सालीको भूमिकामा निर्वाह गर्दा रमाइलो महसुुस भएको अनुभव स्वस्तिमाले सुनाइन् । फिल्ममा आफूहरूबीच कडा प्रतिस्पर्धा भएको अनुभव पनि स्वस्तिमाले सुनाइन् । ‘सेटमा जब क्यामेरा अन हुन्थ्यो, त्यसपछि निश्चल र मबीच पनि कसले आफ्नो भूमिका अझ राम्रो गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो ।’

श्रीमान् श्रीमतीबीच त त प्रतिस्पर्धा हुन्छ भने अन्यसँग प्रतिस्पर्धा हुनु स्वाभाविक भएको स्वस्तिमाको भनाइ छ । ‘घामड शेरेमा निश्चलकी श्रीमतीको भूमिका निर्वाह गरेकी सुष्मा थिएटरका आर्टिस्ट हुन् । यो फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् । घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकन्द्र लेखक, सरोज अर्यालसहितका कलाकारको अभिनय छ । फिल्मका निर्माता सिमोस सुनुवार, हेमराज बीसी र नरेन्द्रविक्रम बुढाक्षत्री हुन् ।

चर्चामा

सम्बन्धित समाचार