मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बडिमालिका
  • नगरस्वयंसेवक शिक्षकहूको नगरस्तरिय भेला तथा स्वागत कार्यक्रम 

नगरस्वयंसेवक शिक्षकहूको नगरस्तरिय भेला तथा स्वागत कार्यक्रम 

  • आइतवार, पुस ६, २०७६
नगरस्वयंसेवक शिक्षकहूको नगरस्तरिय भेला तथा स्वागत कार्यक्रम 

बाजुरा ६, पुष– वडिमालिका नगरपलिकाभरीका नगरस्वयंसेवक शिक्षकहरुको भेला तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । हामी सबैको इच्छा, युगानुकुल शिक्षा भन्ने मुलनाराका साथ वडिमालिका नगरपालिकाको आयोजनामा नगरस्वयंसेवक शिक्षकमा नियुक्ती भएपछि नगरपलिकाद्धारा स्वागत तथा शैक्षिक गुणस्तर वृद्धिका लागि छलफल भएको हो । वडिमालिका नगरपलिकाले शिक्षा बिना कुनैपनि मानिस सफल बन्न सक्दैन र समाज परिवर्तन पनि हुँदैन भन्ने उद्देश्यले सबैभन्दा प्राथमिकताका साथ शिक्षामा बिशेष जोड दिदैँ जिल्लामै पहिलो पटक शैक्षिक गुणस्तर वृद्धिका लागि नगरस्वयंसेवक शिक्षकको अवधारणा अगाडी सारेको नगरपलिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले बताउनुभयो । सोही अवधारणा अनुरुप नगरस्वयंसेवक शिक्षक परिचालन पछि शिक्षाको गुणस्तरको अवस्था कस्तो छ , चुनौती केछन् र आगामी दिनमा के कस्ता क्रियाकलाप अगाडी बढाएमा शिक्षाको गुणस्तर झनै दरिलो बनाउन सकिएला भन्ने हेतुले सो कार्यक्रमको आयोजना गरेको कार्यक्रमको बारेमा प्रष्ट पार्दै प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्यालले बताउनुभएको थियो । त्यसैगरी बडिमालिका नष्रपािलकाका नगरप्रमुख पदम वडुवालले शैक्षिक गुणस्तर वृद्धि गर्नकै लागि वडिमालिका नगरपािलकाले नगरस्वयंसेवक शिक्षक परिचालन गरेको र त्यसलाई आलटाल नगरी वास्तविक शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि कटिबद्ध भएर लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । त्यसैगरी उपप्रमुख कविता विष्टले पनि विभिन्न आरोह अवरोहका साथ नगर शिक्षक नियुक्ति गरी शिक्षाको गुणसतर माथी उठाउने नगरपािलकाका प्रयासलाई आत्मसाथ गरीदिनहुन नगरस्वयंसेवक शिक्षकहरुलाई आग्र गनुृभयो । वडिमालिका नगरपािलमा रहेका ४७ जना नगरस्वयंसेवक शिक्षकहरलाई नगरप्रमुख पदम बडुवालर उपप्रमुख कविता विष्टले स्वागत समेत गर्नुभएको थियो । सोही कार्यक्रममा सम्पुर्ण स्वयंसेवक शिक्षकहरले आफुले सकेसम्म शैक्षिक गुणस्तर वृद्धिमा सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपप्रमुख कविता विष्ट, वडा नं १ का वडा अध्यक्ष राम बहादुर कार्की, प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्याल, शिक्षा विकास तथा समन्वय ईकाईका प्रतिनिधि, वडिमालिका नगरपलिकाका शिक्षक संघ, संगठनका पदाधिकारी, सम्पुर्ण स्वयंसेवक शिक्षक लगायत पत्रकारहरको पनि सहभागिता रहेको थियो । कार्यक्रममा संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार