बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • आजदेखि संसदको हिउँदे अधिवेशन सुरु, प्रतिनिधि सभामा उपसभामुखको अध्यक्षता

आजदेखि संसदको हिउँदे अधिवेशन सुरु, प्रतिनिधि सभामा उपसभामुखको अध्यक्षता

  • शुक्रबार, पुस ४, २०७६
आजदेखि संसदको हिउँदे अधिवेशन सुरु, प्रतिनिधि सभामा उपसभामुखको अध्यक्षता

काठमाडौँ — आजदेखि संघीय संसद अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्वन ४ बजेका लागि दुबै सदनको हिउँदे अधिवेशन डाकेकी थिइन् ।

राष्ट्रिय सभाको बैठक राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नेछन् भने प्रतिनिधि सभामा सभामुख पद रिक्त रहेका कारण उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले गर्दैछिन् । गत असोज १३ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।

राष्ट्रिय सभाको बैठकपूर्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कार्यपरामर्श समितिको बैठक डाकेर आजको बैठकको कार्यसूची तय गरिसकेका छन् भने प्रतिनिधि सभाको बैठकका लागि उपसभामुख तुम्बाहाङ्फेले कार्य परामर्श समितिको बैठक बोलाएकी छिन् ।

आजको राष्ट्रिय सभामा राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने, दिवगंत पूर्व सांसद रामेश्वरप्रसाद ढुङ्गेलको निधनमा शोक प्रस्ताव पारित गर्ने र संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यता प्रतिनिधि सभाको कार्यसुची भने कार्यपरामर्श समितिको बैठकले तय गर्दैछ ।

चर्चामा

सम्बन्धित समाचार