शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • राहत शिक्षकद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्र घेराउ, राहत शिक्षकलाई खेलौना नसम्झन चेतावनी

राहत शिक्षकद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्र घेराउ, राहत शिक्षकलाई खेलौना नसम्झन चेतावनी

  • बुधबार, पुस २, २०७६
राहत शिक्षकद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्र घेराउ, राहत शिक्षकलाई खेलौना नसम्झन चेतावनी

१ पौष २०७६ काठमाडौं। राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा आज प्रदेश ३ विभिन्न जिल्लाका राहत शिक्षकहरूले सानोठिमी भक्तपुर स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको घेराउ गरेकाछन्।

आज भएको धर्ना तथा घेराउ कार्यक्रममा केन्द्रिय अध्यक्ष खेमराज अधिकारी, केन्द्रिय उपाध्यक्ष खगेन्द्र पौडेल, नवनियुक्त महासचिव कुमार बजगाई, उपमहासचिव डम्बरबहादुर राई, सचिव राजाराम रिजाल, कोषाध्यक्ष प्रकाश रिजाल, प्रदेश ३ का अध्यक्ष वासु अधिकारी साथै काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो। घेराउ कार्यक्रममा बोल्ने क्रममा विभिन्न जिल्लाका अध्यक्ष तथा पदाधिकारीले केन्द्रले आह्वान गरेमा जस्तोसुकै आन्दोलनमा होमिन राहत शिक्षकहरु तयारी रहेको बताएका थिए .

उपमहासचिव डम्बर बहादुर राईले बोल्दै पटकपटकको राहत शिक्षक संगको समझदारी सरकारले खेल सम्झेको र शिक्षकको दरबन्दी मिलाउन गर्ने क्रममा कनिष्ठको आधारमा गर्ने भनी राहत शिक्षकको जिम्मेवारी स्थानीय सरकारलाई दिएको हुँदा हाम्रो स्थायित्व हुन नसक्ने भएकोले ऐनमा नै राहतको सम्बोधन हुनुपर्ने माग राखेर यो घेराउ कार्यक्रम आयोजना गरिएको बताए। अबको आन्दोलन निर्णायक हुने जसको लागि मर्न र मार्न पनि पछि नहेट्ने चेतावनी समेत राईले दिए।

त्यस्तै बोल्ने क्रममा महासचिव सचिव कुमार बजगाईले अब आन्दोलन शुरूवात भएको र यस्को रुपरेखा कस्तो हुने भन्ने कुरा सरकारको नियतमाथि भरपर्ने बताए। अब देशभरका सम्पूर्ण राहत शिक्षकलाई फेरि गोलबद्ध गरि आन्दोलन गरिने बताए । जुनसुकै किसिमको आन्दोलन गर्न तयार रहेको जनाउदै आवश्यक परे छातीमा गोलि थाप्न पनि पछि नपर्ने बताए।

केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले बोल्दै यति मात्रै राहत शिक्षकको उपस्थिति देखेर नहेप्न सरकारलाई चेतावनी दिए। यो त जनाउ दिन मात्रै केही पदाधिकारीको उपस्थिति भएको र अब निर्णायक आन्दोलनको लागि तयारी रहेको बताए। यो आन्दोलन गोल्डेन ह्यान्डसेक पनि लिने जाँचमा फेल पनि हुने फेरि राहत शिक्षक बन्नु पर्‍यो भन्ने शिक्षकहरूको नभएको जनाउदै विशुद्ध हकाधिकार प्राप्त शिक्षकहरूको आन्दोलन भएको बताए। त्यसकारण कमजोर नसोच्न सरकार र सम्बन्धित निकायलाई चुनौती दिदै गर कि मर को स्थिति बाट बाहिर निक्लन वृहत् आन्दोलनको लागि तयारी हुन पनि देशभरका राहत शिक्षकलाई आह्वान गरेकाछन्।

चर्चामा

सम्बन्धित समाचार