शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिन्नदा नगरपालिकाले अध्यन बिनानै गाँउमाथि डम्पीङ साइड निमार्ण

बुढिन्नदा नगरपालिकाले अध्यन बिनानै गाँउमाथि डम्पीङ साइड निमार्ण

  • सोमवार, मंसिर ३०, २०७६
बुढिन्नदा नगरपालिकाले अध्यन बिनानै गाँउमाथि डम्पीङ साइड निमार्ण

बाजुराको बुढीनन्दा नगरपालिकाले कुनै योजना बिना नै गाँउ माथि डम्पीङ साइड निमार्ण गरेको छ । नगरपालिकाको वडा नम्बर ७ मा रहेको खडका बाडाको गाँउ माथि बनाएको छ । तल गाँउमा ७५ परिवार रहेका छन्, माथि डम्पीङ साइड निर्माण भएको वडा अध्यक्ष अशोक कुमार दानिले वताएका छन् ।
डम्पीङ साइड नगरपालिकाले वडा नम्बर ५ र ७ को सिमाना पर्ने दाडि चौरमा बनाउन लागेको थियो । तर स्थानियको बिवाद पछि त्यहाँ बाट सारेर गाँउ माथि डम्पीङ साइड निर्माण भएको स्थानियले वताएका छन् । त्यहाँ पनि स्थानियले निर्माण गर्न रोक लगाएको थियो, पछि केहीलाइ ठेकेदारले हातलमा लिएपछि काम भएको एक स्थानियले वताए । गाँउ तल छ माथि डम्पीङ साइड निर्माण भएको छ, यसले तल पानिका स्रोत दुषित हुने गाँउलले वताएका छन् । वाताबरणिय दृष्टिकोणमा यो सरासर गल्ति भएको यसले गाँउलाई दुषित बनाउने हो हामीले भनेको कोही नमान्ने केही भनौ भनेपनि कमजोर माथि आक्रमण हुने नाम नभन्ने सर्तमा एक स्थानियले भने ।
फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला ब्यबस्थापनको जिम्मा स्थानिय तहलाई रहेको छ । स्थानियको सहमति र वाताबरणमा असर नपर्ने गरी ब्यबस्थापन गर्नु पर्ने ऐनमा उल्लेख रहेको छ । अर्को वाताबरणिय प्रभाब मुल्याङ्कन गरेर मात्र निर्माण गर्नुपर्ने हुन्छ, पहिलो बनाउने ठाँउको त बिवाद पछि बनाएको थियो, अहिले निर्माण भएको ठाँउमा भने कुनै अध्ययन बिना नै बनाएको नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् । सरासर गलत हो कुनै योजना बिना नै बनाउनु, तर पहिलाको ठाँउमा नहुने भएपछि रकम फिर्ता जाने सम्भाबना रहेकोले अर्को ठाँउमा बनाउन नगरपालिका बाध्य भएको उनले वताईन् ।
दाडि चौरमा बनाउन खोज्दा स्थानियको सहमति बिना नगरपालिकाले ठेक्का दिएको थियो । घर नजिकै डम्पीङ साइड निमार्ण गर्न लागेको भन्दै स्थानियले बिरोध जनाएका पछि अर्को ठाँउमा सारिएको थियो । आफुहरुको सहमति बिना र बस्ति नजिकै १ सय मिटरमा डम्पीङ साइड निमार्ण भएको भन्दै स्थानीयले बिरोध जनाएको भरत बिकले वताएका छन् । स्थानियले बिरोध स्वरुप बुढिन्नदा नगरपालिकामा ताला लगाएका थिए । डम्पीङ साइडको निर्माणको जिम्मा हण्डिक ईन्जिनियर एण्ड कन्टलसेन्सले पाएको थियो । त्यो बेला ठेक्का मिलोमतोमा मिलाएको आरोप लगाएको थियो । खरिद फारम ५१ जनाले किनेका थिए । ठेक्का दर्ता ४ जनाले गराएका थिए । ठेक्का पाँउनेले शतप्रतिसतमा पाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार