शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथमा १० महिनामा ३७ परिवारले पाए राहत

जगन्नाथमा १० महिनामा ३७ परिवारले पाए राहत

  • शुक्रबार, मंसिर २७, २०७६
जगन्नाथमा १० महिनामा ३७ परिवारले पाए राहत

जगन्नाथ गाँउपालिकामा १० महिनामा ३७ जनालाइ राहत बितरण गरेको छ । गाँउपालिकाको निर्णय अनुसार गाँउपालिका भित्र दैबि प्रकोप (बाढी, पहिरो, हावाहुरी, अविरल बर्षा, आगलागी, भु–क्षय, चट्टयाँङ्ग) बाट भएकोलाई क्षेतिपुर्ति बाफत राहत दिएको रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् ।
क्षतिपुर्ति तथा राहत मानविय, भौतिक, आर्थिक र सार्वजनिक सम्पत्तिको क्षति बापत दिइएको छ । कार्यपालिकाको निर्णय अनुसार प्रहरी मुचुल्का, जिल्ला प्रहरी कार्यालयको पत्र, जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र र वडा कार्यालयको सिफारिसका आधारमा गाँउपालिका भित्र भएको क्षतिका आधारमा तिन किसिमले राहत उपलब्ध गराउने निर्णय अनुसार राहत बितरण गरेको जोशीले वताए ।
मानविय क्षति वापत २५ हजार, अंगभंग भएमा १० हजार र भौतिक क्षति ३ हजारका दरले दिने गरेको छ । गाँउपालिकामा निवेदन पेश गरेका आधारमा १० महिनाको अवधिमा गाँउपालिकाले ४ जना मृतकका परिवारलाई ७८ हजार, अंगभंग वापत ४ जनाका परिवारलाई ४० हजार र भौतिक क्षति भएका २९ घरधुरीलाई ८७ हजार गरि ३७ घरधुरीलाई २ लाख ५ हजार उपलब्ध गाँउपालिकाले उपलब्ध गराएको सुचना अधिकारी सिर्जना शाहिले वताएकी छन् । जिल्ला प्रशासन कार्यलय बाजुराले दैबिक प्रकोप परेकालाई राहत दिदै आएको छ । उहाँहरुलाइ गाँउपालिकाले पनि थप राहत दिने गरेको शाहिले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार