शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • नेपाली काँग्रेसको स्वामिकार्तिकमा पालिका स्तरीय र वडास्तरीय समिति गठन 

नेपाली काँग्रेसको स्वामिकार्तिकमा पालिका स्तरीय र वडास्तरीय समिति गठन 

  • आइतवार, मंसिर २२, २०७६
नेपाली काँग्रेसको स्वामिकार्तिकमा पालिका स्तरीय र वडास्तरीय समिति गठन 

संगीता तिमिल्सेना
बाजुरा २२ मंसिर– नेपाली काँग्रेस स्वामिकार्तिक गाँउपलिकामा पालिका स्तरीय र वडा स्तरीय कार्य समिति गठन भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको निर्देशन र पार्टीको विधान अनुसार गाउँपालिका र वडा स्तरीय कार्यसमिती गठन गरेको बताइएको छ । स्वार्मिकार्तिकमै आइतबार एक औपचारिक कार्यक्रमका बिच गाँउ कार्य समिति र गाउँपालिकाका ५ वटै वडामा कार्य समिति गठन गरिएको हो ।
नेपाली काँग्रेस स्वामिकात्र्तिक गाउँपालिकाको सभापतीमा कात्र्तिके विक, उपसभापतीमा परबहादुरशाही र जीवनबहादुर शाही लगायत १ सय १ सदस्यीय कार्य समिति गठन गरिएको छ । त्यसैगरी वडा नं १ मा ४३ सदस्यीय कार्यसमिति, वडा नं २ मा ४२ सदस्यीय, वडा नं ३ मा १६ सदस्यीय, वडा नं ४ मा २१ सदस्यीय र वडा नं ५ मा २५ सदस्यीयक कार्य समिति गठन गरिएको नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य भरतबहादुर रोकायाले जानकारी दिनुभयो ।
साथै नवगठित कार्य समितिले आगामी दिनमा गाउँपालिका र वडा स्तरमा नेपाली काँग्रेसका कार्यलाई चुस्त दुरुस्त तरिकाले अगाड िबढाउने सबै कार्य समितिले प्रतिवद्धता समेत जनाएका छन् । गाउँ कार्य समिति र वडा कार्य समिति गठन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पुर्व भुमिसाधार मन्त्री जनकराज गिरी, नेपाली काँग्रेस बाजुराका उपाअध्यक्ष गोविन्द बहादुर मल्ल, नेपाली काँग्रेस बुढीनन्दा नगरपलिकाका संयोजक छक्क मल्ल लगायत स्वापर्मिकार्तिक गाउँपालिकाका नेपाली काँग्रेसमा आस्थावान् नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार