बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पर्यटन
  • ४० भन्दा बढी मुलुकलाई पर्यटन मन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

४० भन्दा बढी मुलुकलाई पर्यटन मन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

  • शनिबार, मंसिर २१, २०७६
४० भन्दा बढी मुलुकलाई पर्यटन मन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा रहेका ४० भन्दा बढी मुलुकका जनतालाई नेपाल भ्रमण बर्षको निम्तो बाडेका छन् । नेपालमा रहेको सबै राजदूतहरु बुधबार मन्त्रालयमै बोलाएर उनले आ आफ्ना देशका जनतालाई नेपाल भ्रमणका आउन प्रोत्साहन गर्न आग्रह गर्दै निम्तो दिएका हुन् ।

सरकारले जनवरीको पहिलो साता विदेशमा रहेका नेपाली दुतावासहरुमा एकै साथ उद्धघाटन गर्ने जानकारी समेत दिएका छन् । उनले पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफै लागेको सन्देश सम्बन्धीत देशहरुमा पु¥याउन आग्रह गरेका हुन् । भ्रमण बर्षको जनवरी १ मा भव्य समारोहका वीच उद्धघाटन गर्ने तयारी भइरहेको छ ।

भ्रमण बर्षका कार्यक्रम संयोजक सुरज बैद्यले विदेशी पर्यटकका लागि नेपाल सुरक्षीत रहेको बताए । २० लाख पर्यटक भित्र्याउने सरकारको योजना सफल बनाउन राजदुतहरुको मुख्य भूमिका रहने भएकाले सहयोगका लागि अनुरोध गरेका छन् ।

सहभागी राजदुतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको भन्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन् ।

‘नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि प्रबद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ,उनले भनिन् । नेपालका अन्तराष्ट्रिय विमानस्थलहरु चिनियाँ कम्पनीहरुले निर्माण गरीरहेको भन्दै चिनियाँ कम्पनीहरुले गुणस्तरीय काम सहित समयमै निर्माण सम्पन्न गर्ने जानकारी दिइन् ।

नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार