बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • पसल फोडेर प्याज चाेरी, पैसा भने छुँदा पनि छोएनन् !

पसल फोडेर प्याज चाेरी, पैसा भने छुँदा पनि छोएनन् !

  • बिहिबार, मंसिर १२, २०७६
पसल फोडेर प्याज चाेरी, पैसा भने छुँदा पनि छोएनन् !

एजेन्सी, १२ मंसिर । पछिल्लो समय नेपाली बजारमा मात्रै नभएर भारत बंगलादेशमा पनि प्याजको मूल्य दिनदिनै आकाशिदै गएको छ । प्याजको मूल्य आकाशिएसँगे चोरले पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्।

भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चाेरेकाे छ । अचम्मको कुरा के छ भने चोरहरूले पसलमा राखिएको पैसा भने छुँदा पनि छोएनन्, केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागे।

हिन्दी न्यूज १८ को अनुसार अजय दासको पसलबाट ५० हजार बराबरको प्याज र लसुन चोरी भएको छ । दासले राम्रो मूल्यमा बेच्नका लागि प्याज ठूलो भण्डारण गरेर राखेका थिए । दासले भने, ‘पछि राम्रो भाउमा बेच्नको लागि पसलभित्र प्याज भण्डार गरेर राखेको थियौँ, तर बिहान पसलमा आउँदा त सबै प्याजहरु चोरी भएछ ।’

भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पुगेकाे छ । भारतीय व्यापारीहरूले बढी मुनाफा कमाउनका लागि प्याज भण्डरान गरेर राखेको बताइएको छ ।सरकारले प्याज किन्न पनि सीमा तोकेको छ । भारतीय सरकारले प्याजको मूल्य नियन्त्रण गर्न पनि प्रयास गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार