शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा क्याम्पसको आंगिक उद्धघाटन

बाजुरा क्याम्पसको आंगिक उद्धघाटन

  • मङ्लबार, कार्तिक २६, २०७६
बाजुरा क्याम्पसको आंगिक उद्धघाटन

बाजुरा २६ कार्तिक– बाजुरा जिल्लाको पहिलो क्याम्पस बाजुरा क्याम्पसको आंगिक क्याम्पसको रुपमा उद्धघाटन गरिएको छ । स्थापना भएको १३ बर्षपछी सरकारी क्याम्पसको रुपमा एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । बाजुरा क्याम्पस बाजुरा जिल्लाको पहिलो क्याम्पसको रुपमा रहेको छ हाल बाजुरा क्याम्पसमा बिभिन्न संकायका गरि ३ सय ७१ जना बिद्याथी अध्यानरत रहेको बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितले बताएका छन् ।
यस अघि स्थानीयको सहयोग र त्रिभिुवन बिश्व बिद्यालयको अधिनमा रहेको क्याम्पसले एक बर्ष पहिले सुदुर पश्चिम बिस्व बिद्यालयको आंगिक क्याम्पसको रुपमा मान्याता पाएर सेमेस्टार प्रणलीमा अध्यान अध्यापन सुरु भएको क्याम्पस प्रमुख पण्डितले बताए । सुदुर पश्चिम बिस्व बिद्यालयको आंगिक क्याम्पसको रुपमा मान्याता प्राप्त गरेको भए पनि बिबिध कारणले क्याम्पसको औपचारीकाता हुन नसकेको भए पनी आइतबार एक भव्य कार्यक्रम आयोजना गरि उद्धघाटन गरिएको बाजुरा क्याम्पसका प्रशासन अधिकृत मदनराज जैशीले बताएका छन् ।
बाजुरा क्याम्पसका निर्बतमान अध्यक्ष तुलाराम जैशीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि सम्बिधान सभा सदस्य तथा नेकपा सुदुर पश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा रहेका थिए । सभाको उद्धघाटन सत्रमा वोल्दै अध्यक्ष कर्णबहादुर थापाले क्याम्पसलाई व्यावस्थित रुपमा संचालन गर्नुपर्ने बताएका छन् । क्याम्पस शिक्षा आर्जन गर्ने स्थानमा राजनिति नगर्ने समेत थापाले आग्रह गरेको छन । बाजुरा जिल्ला जस्तो ठाउँमा एक सरकारी क्याम्पसको रुपमा पाएका छौ यसलाई सबैको साथ सहयोग चाहिने भएकोले स्थानीय तहरुले यसको संरक्षण तथा ब्यबस्थापनमा लाग्न आग्रह समेत गरेका छन् । यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्ने वाहिर जानेहरुको सख्या वढिरहेको अबस्थामा बाजुरेली जनताको अथक प्रयासले यो क्याम्पस स्थापना भएको हो र यसमा कसैले मैले गरेको भन्दा पनी हामी सबैको भन्ने बुझ्न आवस्यक रहेको सम्बिधान सभा सदस्य थापाले कार्यक्रममा बताएका छन् । क्याम्पसमा रहेका कर्मचारी र अभिभावक सबै मिलेर क्यापस प्रदेशकै नमुना बनाउने योजनाका साथ आउनुपर्नेमा सचेत गराएका छन् ।
प्रविधिक तथा अन्य समस्याका कारण लामो समय सम्म सुदुर पश्चिम बिश्व बिद्यालयले समस्या झेलेको भए पनी क्याम्पसमा भएका समस्या बिस्तारै हटाउदै लैजाने सुदुर पश्चिम बिश्व बिद्यालयका रजिष्टार प्रधायापक डाक्टर गोबिन्द सिहं बिष्टले प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । क्याम्पस उद्धघान कार्यक्रममा बाजुरा पुगेका रजिष्टार बिष्ट कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेका थिए । शिक्षा आजको आवश्यक्ता रहेको क्याम्पसलाई ब्यावस्थीत बनाएर संचालन गर्नुपर्ने मा सबैको साथ सहयोग अनिबार्य रहेको रजिष्टार प्रध्यापक डाक्टर बिष्टको भनाई रहेको छ ।
क्याम्पसको उद्धघाटन कार्यक्रममा बडिमालिका क्याम्पसका क्याम्पस प्रमुख बिर बहादुर कटुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, नेपाली सेना, ससस्त्र प्रहरी नेपाल प्रहरीका प्रमुख, बिभिन्न राजनैतिक दलका नेता तथा कार्यक्रता बिभिन्न स्थानीय तहका जनप्रतिनिधी, पत्रकार शिक्षा प्रेमी , अभिभावक लगायतको उपस्थिती रहेको थियो कार्यक्रमको संचालन क्याम्पसका प्राध्यापक शेर बहादुर रौलेले गरेको कार्यक्रमको स्वागत मन्तब्य क्याम्पसका प्रमुख सुरेश प्रसाद पण्डितले गरेका थिए । कार्यक्रममा बडिमालिका बोडिङ स्कुल, कन्र्भस एकेडेमी र समता स्कुलका बिभिन्न प्रस्तुती तथा नाचहरु प्रदशन गरिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार