बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पाडी गाँउका १ सय ५७ परिवार संचार बिहिन

पाडी गाँउका १ सय ५७ परिवार संचार बिहिन

  • सोमवार, कार्तिक २५, २०७६
पाडी गाँउका १ सय ५७ परिवार संचार बिहिन

बाजुरा २५ कार्तिक– बाजुरा जिल्लाको हाल हिमालि गाउपालिका वडा न ६ का १ सय ५७ परविार संचार बिहिन रहेका छन् । हरेक गाउँमा संचार क्षेत्रको पँहुचमा रहे पनी वडा न ६ पाँडी गाउँ बिगत देखी संचार क्षेत्रबाट टाढा रहेको हो ।
बाजुरा जिल्लाको अति दुगर्म हिमालि गाउपालिका साबिक को बाँधु गा, बि, स, वडा न १ र हाल हिमालि गाउपालिका वडा न ६ पाँडी गाउँमा ३ सय ५८ जनसंख्याले अहिले सम्म पनि सन्चार सुबिधा पाएका छैन अधिकार कर्मी गोरख शार्कीले बताए । यो सन्चार कम्लिकेशनको जमनामा एक घण्टाको बाटो हिडेर डाडामा आएर फोन गर्नपर्ने बाध्यता रहेको शार्कीले बताए । पाँडि गाउँ चारैतिर पहाड ले छेकेको छ । बिच खाल्डो जस्तो ठाँउमा पांडि गाउको बस्ति रहेको कतैबाट फोन नेटवर्क नटिप्ने गरेको स्थानीय प्रेमलाल भण्डारीले बताए । पाणी गाउ र लाई कोल्टि को क्षेत्र लाई लक्षित गरेर स्काई को टावर बनाईएको थियो तर स्काई टावर बिग्रेको गरिब दुई बर्ष भईसकेको छ हाल कतै पनी फोन लाग्दैन फोन गर्न १ घण्टाको पैदल दुरी हिडेर पानीमेलाको डाडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बिश्वखर कामीले बताएका छन् । तर नेपाल टेलिकमले नमस्तेको दुई वटा टावर बिछ्च्याँ र धिम गाउको गुम्लु भन्ने ठाउमा बनाईएको छ। तर यो टेलिफोन टावरले काम नगरेको स्थानीय कामिको भनाई रहेको छ । राज्यले बिकासमा त उपेक्षित गरेको थियो तर हामी लाई सन्चार माध्यम बाट बिन्चिकरण पारिएको गुनासो स्थानीयको रहेको छ । हिमालि गाउपालिका वडा न, ६ का संस्थानिय बुद्विजिबि प्रेमलाल भण्डारी भन्छन हाम्रो लागि देशमा तिन तहका सरकार छन तर हामीलाई कुनै पनी सरकार आएको अनुभुती नभएको बताउछन् । फोन सेवा र संन्चार बाट पाडि गाउलाई सन्चार सेवा बाट किन्न पछारि पारियो भन्ने बिषयमा राज्यका सबै निकाय र सन्चार मन्त्रालयमा ज्ञापन पत्र र पेश गर्ने त्यहा जनताको हकहित र फोन टावरका लागी पहल गरिने नागरिक अगुवा गोरख शार्कीले बताए ।
नेपाल सरकारले सबै नागरिक को बस्ति बस्ने ठाउाँमा संन्चार सेवा पुर्याउने लक्ष्य भए पनि हिमालि गाउपालिका वडा न, ६ का १ सय ५७ परिवार संन्चार सेवा बाट बन्चित भएका छन । पाँडि गाउँ का स्थानिय कटुबाले बिश्वाखर कामी भन्छन्न हामी सबैले हिमालि गाउपालिकामा नेपाल टेलिकम टावर बनाउदै भन्ने समचार खबर सुनेपछि हामीले खुसीका साथ मबाईल सिम रिम , किनेका थियौ तर गाउका फोनले काम नगरेपछि किनेका मबाईल फोन थन्क्याएर राखेका छौ उनले बताए । २ बर्ष पहिले फोनका लागि किनेका मोबाइल हाल गित सुन्न र भिडियो हेर्न बाहेक अरु काम नभएको स्थानीयहरुको गुनासो रहेको छ । सो गाउँका स्थानीयलाइ सरकारका तिन तह भए पनी सरकारका कुनैपनि निकाय को ध्यानज ान नसकेको स्थानीयको गुनासो रहेको छ । पाँडिगाउ फोन नलाग्नु प्रतिनिधि घटना मात्र हो । यो समस्या बाजुरा को उत्तरी भेगमा घाम लागे टावर आउने र घाम अस्थाउदा टावर जाने समस्या नेपाल टेलिकमले टावर स्थापना गरे देखि भई रहेको छ । घाम नँहुदा रातभर मबाईलमा टावर हुदैन बिहान १० बजे तिर मात्र टावर आउने गरेको कोल्टीका ज्द्ध सिहैले बताए ।
जिल्लाको उत्तरी क्षेत्रका धेरै गाउँमा अहिले सम्म फोन टावरले काम नगर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार