बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टिमा सञ्चालन भएन आकस्मिक प्रसुति सेवा

कोल्टिमा सञ्चालन भएन आकस्मिक प्रसुति सेवा

  • आइतवार, कार्तिक २४, २०७६
कोल्टिमा सञ्चालन भएन आकस्मिक प्रसुति सेवा

प्रकाश सिंह
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा हुन सकेको छैन् । गएको बर्ष रकम फिर्ता पठाएको बुढिन्नदा नगरपालिकाले यो बर्ष पनि स्थापना गर्नका लागि कुनै पहल गरेको छैन् ।
आकस्मिक प्रसुति सेवा स्थापना गर्नका लागि परिवार स्वास्थ्य महासाखाले यो बर्ष पनि ३० लाख बिनियोजन भएपनि सञ्चालनका लागि कुनै पहल नभएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । गएको आर्थिक बर्ष ०७५।०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरि सेवा सुचारु भइसक्ने भएपनि काम हुन नसकि २० लाख रकम फिर्ता गएको परिवार स्वास्थ्य महासाखाले वताएको छ ।
आकस्मिक प्रसुति सेवा स्थापनाका गएको आर्थिक बर्षमा नै १० लाख बराबरको सामान खरिद भएर जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा रहेको छ । उक्क्त सामान कोल्टिमा पठाउनका लागि पनि अहिले सम्म कुनै पहल नभएको देखिएको छ । अहिले आएको ३० लाख रकम कर्मचारी राख्नका लागि नगरपालिकामा रकम आएको छ, साउन महिना बाट सञ्चालन गर्नका लागि बजेट आएपनि अहिले सम्म सञ्चालनमा आउन नसकेको बुढिन्नदा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् ।
गएको आथिर्क बर्षमा नगरपालिकाले कर्मचारी ब्यबस्थापन गर्न नसक्दा रकम फिर्ता भएको थियो । एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने रहेको छ । आबश्यक पर्ने सामान सबै खरिद गरिसकेको चाडै नै कोल्टि पठाएर समान जडान गरिसक्ने स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख अशोक सिंहले वताए । कर्मचारी ब्यबस्थापन नगरपालिकामै रहेको उनले वताए ।
बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई लक्षित गरि सरकारले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य रहेको थियो । सेवा सञ्चालनमा नहुँदा त्यो क्षेत्रमा जटिल खाले सुत्केरीका लागि निकै सास्ति भोग्नु परेको स्थानिय गोरख सार्कीले वताएका छन् । सदरमुकाम मार्तडीमा सेवा लिन जानु पर्ने बाध्यता रहेको उनले थपे ।
गएको बर्ष कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहिलाई उनलाई परिवार कल्याण महासाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो । उनले ७० दिनको तालिम सेति अञ्चल अस्पतालमा लिएका थिए । नगरपालिका र डा. शाहि बिच तलबमा कुरा नमिल्दा गएको बर्ष सञ्चालनमा ल्याउन नसकेको नगरपालिकका एक कर्मचारीले वताए ।
परिवार स्वास्थ्य महासाखा डा. इन्द्र प्रसाद प्रजापतिले भने गएको बर्ष बुढिन्नदा नगरपालिकाको कमजोरी रहेको बताए । अहिले पनि पहल त भइरहेको छ, चिकित्सक खोजीरहेका छौ, अहिले स्थानिय र प्रदेश सरकार सक्रिय नभएको उनले वताएका छन् । अझै बढि नगरपालिका जिम्मेवार रहेको उनले वताए ।
सरकारले गएको आर्थिक बर्षमा मात्र आकस्मिक सेवा सञ्चालनमा नआउदा जटिल सुत्केरीलाइ हवाई सेवा मार्फत २ जनालाइ उद्धार गरिएको थियो । भौगोलिक बिकटताले टाढा रहेको यो क्षेत्रमा सेवा सञ्चालनमा नआउदा निकै समस्या भएको स्थानियले वताएका छन् । बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले ब्यबस्थापन कमजोरी र तालमेल नमिल्दा रकम फिर्ता गएको बताएकि छन् । यो आर्थिक बर्षमा जसरी पनि सञ्चालनमा ल्याउने बताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार