शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • उप निर्बाचानको लागि मुख्य निर्बाचान अधिकृतको कार्यालय स्थपना

उप निर्बाचानको लागि मुख्य निर्बाचान अधिकृतको कार्यालय स्थपना

  • बुधबार, कार्तिक २०, २०७६
उप निर्बाचानको लागि मुख्य निर्बाचान अधिकृतको कार्यालय स्थपना

बाजुरा २० कात्तिक —  बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न १ मा हुने उप निर्बाचनका लागि मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना भएको छ । त्रिबेणी नगरपालिका वडा न १ का तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको करिव एक बर्ष अगाडी जिप दुर्घटनाबाट मृत्यू भएको थियो । वडाअध्यक्षको मृत्यु पश्चात स्थानीय तह अन्तरगत त्रिबेणी नगरपालिका वडा न १ मा वडा अध्यक्ष बिहिन भएको थियो । यही मसिंर १४ गते हुने उप निर्बाचनका लागि आजदेखी मुख्य निर्बाचन अधिकृतको कार्यालय त्रिबेणी नगरपालिकाको कार्यालयमा स्थापना गरिएको मुख्य निर्बाचन अधिकृत न्याधिस माधव प्रशाद घिमिरेले बताएका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा त्रिवेणी एकमा नेपाली काँग्रेसका तर्फबाट तत्कालिन वडा अध्यक्ष खम्म नेपाली विजयी भएका थिए । कार्तिक २७ गते देखी मुख्य निर्बाचन अधिकृतकाे कार्यालयले अाफ्नाे काम हरू अगाडी बढाउने भएकाे  मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बताएकाे छ । २७ गते देखी मनाेनयन लगायत निर्बाचनका गतिबिधीहरू पुर्ण रूपमा अगाडी बढ्ने निर्वाचन अायाेगकाे निर्देशन अनुसार नै कामहरू अगाडी बढाउने कार्यालयले जनाएकाे छ ।
उक्त वडामा हाल १०३९ मतदाता संख्या रहेको छ । नेपाली काँग्रेस बाट विजयी बनेका तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो । वडा अध्यक्ष नेपालीको मृत्यु पश्चात उक्त वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा त्रिवेणी नगरपालिका १ छतारामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रस विच कडा प्रतिष्पर्दा हुने देखिएको छ । त्रिवेणी एकको वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मनराज बुढा र नेपाली काँग्रेसले खगेन्द्र चंदारालाई वडा अध्यक्षमा प्रतिष्पर्दा गराउने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार