बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • आमाको मृत्यु र बुवा बेखर भएपछि दुई भाइ बहिनि अलपत्र

आमाको मृत्यु र बुवा बेखर भएपछि दुई भाइ बहिनि अलपत्र

कुपोषणको चपेटामा दुबै भाइ बहिनि

  • शुक्रबार, कार्तिक ८, २०७६
आमाको मृत्यु र बुवा बेखर भएपछि दुई भाइ बहिनि अलपत्र
स्वामिकार्तिक गाँउपालिका १ साप्पाटामा आमाको मृत्यु र बुवाभारतमा बेखर बनेपछी बिच्चलीमाबनेकादुईभाइबहिनी बुढि बज्यै सुकीलुवारको भरमादुई नावालकबच्चाहरु रहेका छन् । प्रकाश सिंह / बाजुरा

बाजुरा ९ कार्तिक — स्वामिकार्तिक गाँउपालिका १ साप्पाटामा आमाको मृत्यु र बुवाभारतमा बेखर बनेपछी दुई नावालकभाइबिहिनीअलपत्रबनेका छन् । आमा बच्चि लुवार साउनको महिना अकस्मात मृत्यु भएको थियो । बुवा गोरख लुवार भारत गएको अहिले बेखर रहेको स्थानियले वताएका छन् ।
घरमा अरु कोही छैन्, ५१ बर्षिय बज्यै सुकी लुवारको भरमा दुई नावालक बच्चाहरु रहेका छन् । ३ बर्षको देबदत्त लुवार र ६ महिनाकी बसन्ती लुवार बेसाहारा रहेका छन् । सम्पत्तिको नाममा एउटा घर समेत नभएकी सुकी लुवारलाई नाति नातिनि पाल्न निकै सकस भएको छ । ६ महिनाकी बसन्तिलाई अरु बाट गाई भैसीको दुध मागेर पालिरहेकि छन् । दुबै भाइ बहिनि पाल्नका लागि गाँउ चार्हेने गरेको सुकीले वताईन् ।
अलपत्र रहेकादुबै भाइ बहिनि कुपोषणको चपेटामा रहेका छन् । देबदत्त लुवार त अलि ठिकै छन, ६ महिनाकी बसन्ती भने कुपोषण बाट निकै ग्रस्त रहेको स्थानिय सुमित्रा भण्डारीले वताएकि छन् । तिन महिना सम्म मात्र आमाको दुध खान पाईन्, अर्को अहिले मागेर दुध खुवाउनु पर्ने कुनै पोषिलो खानेकुरा नभएकाले कुपोषणको चपेटामा रहेको सुमित्राले वताएकि छन् ।


सुकि नाति नातिनि लाई पाल्नका लागि साहुँ मार्हजन र गाँउलेको घरदैलो धाउने गरेकी छन् । छोरा थियो, त्यो पनि बुहारिको मृत्युपछि बेखबर छ, आफ्नो बुढो अबस्था भइसकेको छ, कसैले दिएपछि मात्र उनिहरु खान पाँउने गरेको उनले वताईन् । बच्चाहरु निकै कुपोषित भए पनि उनले उपचारका लागि नत स्वास्थ्यचौकी लगेको छ, न कतै उपचारका लागि पहल समेत गरेकी छैनन् । उनलाई कसरी यिनिहरुको पेट पाल्ने भन्ने चिन्ता मात्र रहेको छ, उपचार गर्न तिर ध्यान नगएको वताईन् । सरकारले सुनौला हजार दिनका आमा र बच्चा लाइ लक्षित कार्यक्रम गरेको भएपनि यि बच्चाहरु कहाँ भने पुगेको छैन्, कतै लिटो, अण्डा, कुखुरा बितरण गरेको भए पनि यिनिहरुले भने पाँउन नसकेको स्थानियले वताएका छन् ।
नेकपामा सम्बद्ध महिला नेत्रि बिनिता बिकले भनिन्, एकातिर आमाबुवा छैनन्, अर्कोतिर आर्थिक अबस्था निकै कमजोर दलित परिवार भएकाले दुबै भाई बहिनि बिच्चलीमा रहेको बताईन् । ६ महिनाकी बसन्तीकु पोषण बाट निकै ग्रस्त रहेको समयमै उपचार र उनको हेरचाह नभए कामाउनको ज्यानै जोखिममा रहेको बिनिताले बताईन् । साप्पाटा सदरमुका बाट निकै टाढा पर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार