शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • -“गुलाब कान्छो”काे हार्ने टीमको के दोस छ र

-“गुलाब कान्छो”काे हार्ने टीमको के दोस छ र

  • सोमवार, असार १६, २०७६
-“गुलाब कान्छो”काे हार्ने टीमको के दोस छ र

बास्तविकता पोख्छ त्यही तिखो निमको के दोस छर ?
विधुत विना बल्दैन त खालि चिमको के दोस छर ?
राखेका छन् ठाँउ-ठाँउमा एनटेना र टावरहरु,
फोनै आफ्नो थोत्रो भए सानो सिमको के दोस छर ?
यात्रा गर्दा गोरेटोमा कसैसङ्ग भेट हुँदा,
हेर्दा कतै नजर जुद्छ झिमोमको के दोस छर ?
हारजित हुन्छ यहाँ एकअर्काको टक्करमा,
हार्छ पक्कै जित्ने आसमा हार्ने टीमको के दोस छर ?
-“गुलाब कान्छो” ०६९ असोज ६ पुरानो डायरीबाट ।

चर्चामा

सम्बन्धित समाचार