शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • सुदूरपश्चिमका पाँच जिल्लामा मंसिर १४ गते हुने उप–निर्वाचनको तयारी सुरु

सुदूरपश्चिमका पाँच जिल्लामा मंसिर १४ गते हुने उप–निर्वाचनको तयारी सुरु

  • बुधबार, कार्तिक ६, २०७६
सुदूरपश्चिमका पाँच जिल्लामा मंसिर १४ गते हुने उप–निर्वाचनको तयारी सुरु

सुदूरपश्चिमका पाँच जिल्लामा आउँदो मंसिरको १४ गते हुने उप–निर्वाचनको तयारी सुरु गरिएको छ । सुदूरपश्चिमका पाच जिल्लामा हुने उपनिवार्चनमा साढे दश हजार भन्दा बढीले मतदान गर्न पाउने भएका छन।

बैतडी, डोटी, अछाम , बाजुरा र कञ्चनपुर जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो। वडा अध्यक्षविहीन रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४, सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका १बाट कुल ४ हजार ३ सय ३६ मतदाता संख्या रहेका छन ।

यस्तै यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ बाट २ हजार ४ सय ५९ मतदाता रहेका छन । अछाम जिल्लामा १ हजार९ सय ४ रहेका छन । यस्तै बाजुरामा १ हजार ३९ र कञ्चनपुरबाट १ हजार १ सय ९९ मतदाता रहेका छन ।

सुदुर पश्चिमका यी पाच जिल्लाबाट १० हजार ९ सय ३६ मतदाता संख्या रहेका जिल्ला निर्वाचन आयोग कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताउनुभयो । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ।

यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिह बोहोरा,अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईंको पनि मृत्यु भईसकेकाले उपनिर्वाचन हुने भएको हो ।

उता कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वा्िचत भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुने जनाएको छ । उपनिवार्चनका लागी तयारी सुरु भईरहेको निर्वाचन आयोग कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।

यसैबिच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरी ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। पालिका प्रतिनिधिको उम्मेद्वारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ। यसका लागी निर्वाचन अधिकृत समेत तोकिसकेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार