शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गौमुल
  • ट्रि डस होम्सले पहिलोपटक गौमुलमा काम गर्ने

ट्रि डस होम्सले पहिलोपटक गौमुलमा काम गर्ने

  • बिहिबार, अशोज ३०, २०७६
ट्रि डस होम्सले पहिलोपटक गौमुलमा काम गर्ने

बाजुरा ३० असाेज — सुदुर पश्चिममा पहिलोपटक बाजुरामा अन्तराष्ट्रिय संस्था डाक्सरले परियोजना संचालन गर्ने भएको छ । डाक्सर, ट्रि डस होम्स जर्मनी नामक संस्थाले बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा शिक्षा र जिविको पार्जनका कार्यक्रम गर्ने गरि आएको हो । जिल्लामा एक कार्यक्रमका बिच वक्टुवर १ गते देखी लागु हुने गरि कार्यक्रम संचालन गरिने गरि कार्यक्रम लागु गरिने बताएको छ । जिल्लामा स्थानिय संस्था मानव संशोधन केन्द्र एच आर सी बाजुराले काम गर्ने गरि पहिलो पटक सो परियोजना आएको एच आर सी बाजुराका कार्यक्रम संयोजक अग्नी शाहीले बताएका छन् । बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा लक्षीत बर्गको क्षेमता बिकास, शैक्षिक संस्थाहरुको बिकाश बिद्यार्थीहरुलाइ छात्रबृती र बिद्यार्थीका अभिभावकहरुलाई आयआर्जनमा गरि आर्थिक सुधार सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडी बाल बिबाह अन्मुलन लगाएतका कार्यक्रम गर्ने गरि परियोजनाको उदेश्य रहेको कार्यक्रम संयोजक शाहीले बताए ।
कर्णली प्रदेशका ६ ओटा जिल्लामा १० बर्ष देखी काम गर्दै आएको ट्रि डस होम्स जर्मनी सुदुर पश्चिम प्रदेशमै पहिलो पटक बाजुरामा ३ बर्षे कार्यक्रम गर्ने सम्झौता रहेको आयोजकले बताएको छ ।
डाक्सरको सहयोगमा ट्रि डस होम्स जर्मनी र एचआरसी बाजुराले गौमुल गाउँपालिकामा ३ बर्ष काम गर्ने भएको आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार