• होमपेज
  • बुढिनन्दा
  • बिच्चली परिवारलाई दशैको अवसरमा आर्थिक सहयोग

बिच्चली परिवारलाई दशैको अवसरमा आर्थिक सहयोग

  • शुक्रबार, अशोज १७, २०७६
बिच्चली परिवारलाई दशैको अवसरमा आर्थिक सहयोग

बुढिन्नदा नगरपालिका ६ कोटिलाका बेसाहारा कृष्णा आउजीको परिवारलाई दशैको अबसरमा आर्थिक हस्तान्तरण गरिएको छ । श्रीमानको मृत्यु र कृष्णा अशक्क्त भएपछि चार भाइबहिनि बिच्चलीमा रहेको खबर बडिमालिका खबरमा प्रकाशित पछि उनलाई नगद रकम हस्तान्तरण गरिएको सामाजिक अभियान्ता तथा पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले वताएका छन् ।
कृष्णा आउजीको परिवारलाई ८० हजार ६ सय ५० आर्थिक सहयोग गरिएको छ । उनलाई देश र बिदेश बाट सहयोग आएको थियो । नागरिक समाज कोल्टिले आयोजना गरेको दशैको शुभकामना अबसर पारेर बाणिज्य आपुर्ति राज्य मन्त्रि कर्ण बहादुर बिक बाट हस्तान्त्ररण गरिएको छ । कृष्णा आउजीको सहयोगका लागि जापान बाट टेकेन्द्र शाहि भारत बाट नरेन्द्र शाहि धनवीर लाेहार र धनरुप लाेहार लगायतले आर्थिक संकलन गरेका थिए । साथै सोही गाँउकि अम्पुरा चदारालाई पनि ५ हजार हस्तान्तरण गरिएको छ ।
कृष्णाका श्रीमान पलिमान आउजीको ८ महिना पहिला जाड खाएको बेला लडेर मृत्यु भएको हो । उनकि श्रीमति कृष्णा आउजी अहिले सुत्केरी छन्, उनि सँग १५ दिनको छोरा सहित चार बच्चाहरु छन् । १३ बर्षकि निरुता आउजी, ९ बर्षकि नमति आउजी र ७ बर्षका पवन आउजी नवजात शिशु र उनि अलपत्र परेका छन् । पलिमान स्थानियको हलो जोतेर परिवार पाल्ने गरेका थिए ।
निरुता कक्षा ६ मा, नमति कक्षा ३ मा र पवन आउजी कक्षा १ मा स्थानिय बागेश्वरी आधारभुक्त बिद्यालयमा अध्ययनरत छन् । पलिमान अरुको हलो जोतेर परिवार पाल्थे, उनको मृत्यु पछि परिवार बिच्चलीमा रहेको स्थानिय शिक्षक जनेश भण्डारीले वताएका छन् । बुवाको मृत्यु पछि निरुताका तिन भाइबहिनि नियमित बिद्यालय समेत नआउने गरको भण्डारीले वताए । घर समेत नभएका उनिहरु अरुको घर गोठमा बस्दै आएका छन् । आर्थिक नभएपछि तिन भाइबहिनिको पढाइ समेत अलपत्र बनेको छ ।
कृष्णा आउजीले भनिन्, छोरा छोरी कसरी पाल्ने चिन्ता भएको वताईन् । आफु अशक्क्त छु, छोरा छोरीले मागेर र अरुको काम गरेर छाक टार्ने गरेको वताईन् । गाँउमै रहेको बिद्यालयमा अध्यनरत भएपनि तिनै भाइबहिनि नियमित बिद्यालय नजाने गरेका छन् । निरुताले भनिन्, आमालाई सहयोग गर्नुपर्छ अनि खानाको जोहो गर्नुपर्छ अर्को कापि किन्नलाई पैशा समेत नहुँदा पढाइ छुट्ने गरेको वताईन् ।
श्रीमान हुदा सम्म उनको परिवार कोटिला गाँउमा एउटा सानो छाप्रो उनको परिवार बस्ने गरेका थिए । श्रीमानको मृत्यु पछि घर भत्किएपछि उनका परिवार सबै परिवार दैयामा माइती घरमा बस्दै आएको छौ, कृष्णाले वताईन् । माईतिको पनि घर नभएकाले गोठमा बस्नु पर्ने बाध्यता रहेका वताईन् । उनको सम्पत्तिको नाममा एक आना जग्गा समेत नभएको वताइएन् । गर्भवति भएको बेला पोषिलो खाने कुरा त धेरै टाढाको कुनै दिन भोकै बस्नु गरेको उनले रुदै भनिन् । कसैले दिएपछि कसैका काम गरेपछि खान पाँउछु नभए खाली पेटमा दिन काट्नु परेको उनले थपिन् ।

चर्चामा

सम्बन्धित समाचार