शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बिद्यार्थीले आफुले सिकेर अरुलाई सिकाउदै बिपत जोखीम सम्बन्धी ज्ञान

बिद्यार्थीले आफुले सिकेर अरुलाई सिकाउदै बिपत जोखीम सम्बन्धी ज्ञान

  • आइतवार, अशोज १२, २०७६
बिद्यार्थीले आफुले सिकेर अरुलाई सिकाउदै बिपत जोखीम सम्बन्धी ज्ञान

बाजुरा १२ असोज
जिल्लाको त्रिबेणी नगरपालिकाका बिद्यार्थीहरु बिपत जोखीम सम्बन्धी ज्ञान र सिप राम्रो रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुराको आयोजना यूनिसेफको सहयोगमा तालिम दिएको र बिद्यार्थीहरुले बिपत जोखीम सम्बन्धी राम्रो ज्ञान लिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । त्रिबेणी नगरपालिका कैलाशमाण्डौमा भएको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले यस्तो बताएका हुन ।
नेपाल रेडक्रस बाजुराको आयोजनामा संचालन भएको कार्यक्रममा सिप सिकेका बिद्यार्थीसंगको सिकाइ आदन प्रदान कार्यक्रममा बिद्यार्थीहरुले गरेको कार्यप्रती सन्तोशजनक रहेको प्रजिअ न्यौपानेले बताए ।


यो सिपलाई आफ्नो छर छिमेकमा समेत सिकेको कुराहरुलाई सिकाउन सिपको कार्यन्वयन गर्न बिद्यार्थीहरुलाई प्रजिअ न्यौपानेले अनुरोध गरेका छन् । नेपाल रेडक्रस सोसाइटीका सभापती दिल ब बुढाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा त्रिबेणी नगरपालिकाका प्रमुख रामसिहं रावल, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने, त्रिबेणी नगरपालिका उपप्रमुख जिल्ला समन्वय अधिकारी तिर्थराज भट्टराई लगायतका अतिथीहरु रहेका थिए । बिपत जोखीम न्यूनिकरण सम्बन्धी एक दिने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी बाजुरा प्रमुख इस्वरी सुबेदीले गरेको आयोजकले बताएको छ ।
त्रिबेणी नगरपालिकाका बिद्यार्थीहरु तथा बाल कल्वका पदाधिकारीलाई बिपत जोखीम बाट बच्न र बचाउन उद्धार गर्ने लगायत पुर्ब तयारीका बिषयमा नेपाल रेडक्रस सोसाइटी बाजुराको आयोजना र युनिसेफको सहयोगमा तालिम दिइएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक इस्वरी सुबेदीले बताएकी छन । बिद्यार्थीहरुलाइ आगो नियन्त्रण, भुकम्प आउदा अपनाउने बिषयलगायत बिभिन्न तालिमहरु दिएको सुबेदीले बताइन ।

चर्चामा

सम्बन्धित समाचार