शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • युवा उद्यमीहरूकाे सम्मेलन सूरु

युवा उद्यमीहरूकाे सम्मेलन सूरु

  • बुधबार, अशोज ८, २०७६
युवा उद्यमीहरूकाे  सम्मेलन सूरु

बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन बुधबारबाट सूरु भएको छ । स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो ।
बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा / बुलगारी परियोजना, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड स्किल डेप्लपमेन्ट इन्ष्टिच्युटको आर्थिक सहयोगमा उक्त सम्मेलन मार्तडीमा सूरु भएको छ ।
सम्मेलनको पहिलो दिन बडीमालिका नगरपालिकाको वस्तुस्थितिको बारेमा जानकारी, सफल उद्यमीमा हुनुपर्ने गुण, उद्यमी युवाहरुलाई मार्के्टिङ्ग कसरी गर्ने भन्ने विषयमा जानकारी त्यस्तै युवा उद्यमी र मिडिया संगको समन्धका बारेमा जानकारी र उद्यम व्यवसाय विस्तारमा सूचनाको भुमिका बारे जानकारी गराईएको छ ।
युवाहरुलाई बाजुरामै केही सीपहरु सिकेर आयआर्जन गरी आत्मनिर्भर बन्न सजिलो होस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरीएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

पहिलो दिन ३ नगरपालिकाका ४५ जना युवा उद्धमीहरुको सहभागीतामा आफ्नो अनभोव आदन प्रदान गरिएको र केही बिज्ञहरुको प्रशिक्षण समेत रहेको बडिमालिका नगरपालिकाका प्रधान मन्त्री रोजगार संयोजक प्रमिला थापाले बताइन । जसमा बडिमालिका नगरपालिकाको बस्तु स्थितीका बिषयमा बिरबहादुर बिष्ट, सफल उद्धमी कसरी बन्न सकिन्छ भन्ने बिषयमा दिर्घ साउद र धन बहादुर बुढाको रहेको बताइएको छ । त्यसै गरी उद्धमसिलताको प्रबिधीका बिषयमा बिज्ञ प्रशिक्षक हरि देवकोटाले प्रशिक्षण गरेको आयोजकले बताएको छ । युवा उद्धमी र मिडियाको भुमीकामा नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिह र सुचना तथा प्रबिधीका बिषयमा बडिमालिका नगरपालिकाका सुचना तथा प्रबिधी अधिकारी हेम थापाले प्रशिक्षण गरेको आयोजकले बताएको छ ।
सम्मेलन कार्यक्रमको एक कार्यक्रमका विच राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्धघाटन गरेका हुन । उद्घाटन कार्यक्रम बोल्दै पाण्डेले देशको विकास निर्माणमा उद्यमी युवाहरुको जोश जाँगर अति आवश्यक रहेको बताएका छन् । उहाँले युवाहरुले नै देशलाई परिवर्तन गर्न सक्ने भएकाले सरकारले युवाहरुलाई उचित किसिमको रोजगारमुलक कार्यक्रमहरु ल्याएर युवाहरुमा लगानी गर्न आवश्यक रहेको बताए ।
युवा सम्मेलनमा तिन ओटा नगरपालिका बडीमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकाका करिव १ सय भन्दा बढी युवा उद्यमीहरुको सहभागीता रहेको छ । कार्यक्रमको दोस्रो दिन विहिबार युवा उद्यमीहरुले आफ्नो सिपमार्फत निर्माण गरेका विभिन्न आयआर्जनमुलक सामाग्रीहरुको प्रर्दशनी गरिने भएको छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा वृहत साँस्कृतिक कार्यक्रम समेत संचालन गरेर युवा उद्यमी सम्मेलनको समापन गरिने आयोजक बडीमािलका नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार