शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पहिलाे पटक युवा सम्मेलन

बाजुरामा पहिलाे पटक युवा सम्मेलन

  • बुधबार, अशोज ८, २०७६
बाजुरामा पहिलाे पटक युवा  सम्मेलन

बाजुरा ८ असोज
जिल्लाको सदरमुकाम मार्तडीमा पहिलो पटक युवा उद्यमी सम्मेलन ८ गतेबाट सूरु भएको छ । स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो ।
जिल्लाका ३ नगरपालिकाका युवा उद्धमीहरुलाइ आज पहिलो दिन यनको बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ भने भोली उद्धमी मेला लाग्ने भएको बडिमालिका नगरपालिकाका कर्मचार बिर बहादुर बिष्टले बताएका छन् । मालिका माध्यामिक बिद्यालयमा संचालन हुने कार्यक्रममा ३० ओटा स्टल राखीने बिष्टले बताएका छन् । ३० ओटै स्टलमा जिल्लाका बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकाका युवा उद्धमीहरुका सामानहरु राखीने भएको पिसवीन बाजुरा बुलगारी परियोजना संयोजक धर्म रोकायाले बताएका छन् । उद्धमीहरुको कलाले जिल्लाका अन्य युवाहरुलाइ सिकाइ हुने र अन्य युवाहरु पनी उद्धमी बन्नमा सघाउ पुग्ने उद्धेस्यले सो कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।
बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा÷बुलगारी परियोजना, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड स्किल डेप्लपमेन्ट इन्ष्टिच्युटको आर्थिक सहयोगमा उक्त सम्मेलन मार्तडीमा सूरु भएको हो ।
आज पहिलो दिन ३ नगरपालिकाका ४५ जना युवा उद्धमीहरुको सहभागीतामा आफ्नो अनभोव आदन प्रदान गरिएको र केही बिज्ञहरुको प्रशिक्षण समेत रहेको बडिमालिका नगरपालिकाका प्रधान मन्त्री रोजगार संयोजक प्रमिला थापाले बताइन । जसमा बडिमालिका नगरपालिकाको बस्तु स्थितीका बिषयमा बिरबहादुर बिष्ट, सफल उद्धमी कसरी बन्न सकिन्छ भन्ने बिषयमा दिर्घ साउद र धन बहादुर बुढाको रहेको बताइएको छ । त्यसै गरी उद्धमसिलताको प्रबिधीका बिषयमा बिज्ञ प्रशिक्षक हरि देवकोटाले प्रशिक्षण गरेको आयोजकले बताएको छ । युवा उद्धमी र मिडियाको भुमीकामा नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिह र सुचना तथा प्रबिधीका बिषयमा बडिमालिका नगरपालिकाका सुचना तथा प्रबिधी अधिकारी हेम थापाले प्रशिक्षण गरेको आयोजकले बताएको छ ।
सम्मेलनको पहिलो दिन बडीमालिका नगरपालिकाको वस्तुस्थितिको बारेमा जानकारी, सफल उद्यमीमा हुनुपर्ने गुण, उद्यमी युवाहरुलाई मार्के्टिङ्ग कसरी गर्ने भन्ने विषयमा जानकारी त्यस्तै युवा उद्यमी र मिडिया संगको समन्धका बारेमा जानकारी र उद्यम व्यवसाय विस्तारमा सूचनाको भुमिका बारे जानकारी गराईएको आयोजकले बताएको छ । बडिमालिका नगरपालिकाका नगर पालिका प्रमुख पदम बडुवालकाे अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय बद्री प्रसाद पाण्डेकाे प्रमुख अातिथ्यमा संचालन गरिएकाे थियाे । कार्यक्रममा , अतिथीकाे रूपमा बडीमालिका उप प्रमुख कविता विष्ट,  प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने, सेभ द चिल्ड्रेनका डाइरेक्टर  धन भुसाल रहेका थिए । कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य जिल्ला समन्वय अधिकारी एवं प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले गरेकाे कार्यक्रमकाे संचालन बडिमालिका नगरपालिकाका कर्मचारी बिर बहादुर बिष्टले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार