शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • लामो समयदेखी बाझो रहेको बगरबाट लाखौको आम्दानी

लामो समयदेखी बाझो रहेको बगरबाट लाखौको आम्दानी

  • आइतवार, अशोज ५, २०७६
लामो समयदेखी बाझो रहेको बगरबाट लाखौको आम्दानी

प्रकाश सिहं /लक्ष्मीराज पाध्याय
बाजुरा ५ असोज
हिमाली गाउँपालिका ५ बाँधुबगर लामो समय सम्म बाँझो रहयो । तर एक बर्ष यता भने पुर्खौ देखी बाझै रहेको रहेको जमिनमा खेती हुन थालेको स्थानीयले बताएका छन् ।
पिसवीन बाजुरा नामक गैर सरकारी संस्थाको सहयोगमा सिचाई कुलो निर्माण गरिदिएपछी बाँझो बगर खेतमा परिणत भएको स्थानीय प्रगती अधिकारीले बताइन् । १ सय ७० परिवारको जमिन रहेको बगरमा बिगत ५ बर्षदेखी पानी नपरेर बाझोँ रहेको बगरमा पीसविन बाजुराको ८ लाखको लागतमा सिचाई कुलो निर्माण गरि खेतमा पानी पुगेपछी स्थानीय खुसी भएको स्थानीय जय बहादुर अधिकारीले बताए । हाल सो क्षेत्र हिमाली गाउँपालिकाले तरकारी पकेट क्षेत्रको रुपमा घोषणा गर्ने तयारी रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र मल्लले बताए ।
स्थानीयको मागका आधारमा योजनाको छनौट गरि सिचाई कुलो निर्माण गरिदियौ तर यस्तो प्रगती होला भन्ने सोचेका पनी थिएनौ तर ठुलो प्रगती भयो पिसवीन बाजुराका फिल्ड संयोजक गोबिन्द थापाले बताए । कृषकहरुको आबस्यकतालाइ मध्यनजर गरि योजना बनाउदा काम राम्रो देखीने एक उदाहरणको रुपमा हेर्न सकिने थापाले बताए ।


हिमाली गाँउपालिकाको अधिकांस भुँ भाग खडेरीले ग्रस्त भएकोले खेती नै नहुने समस्या रहदै आएको छ । हिमाली गाउँपालिकालाइ तरकारीमा आत्मनिर्भर बनाउन यो क्षेत्र तरकारीको पकेट क्षेत्रको रुपमा घोषण गरिने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्लले बताएका छन् । गाउँपालिकाले यस क्षेत्रमा लगानी गर्न तत्पर भएको भए पनी पिसविनले नै अगाडी सिचाइ कुलो बनाइदिएकोले गाउँपालिकालाइ सहजता भएको अध्यक्ष मल्लले बताएका छन् । मल्लका अनुसार संस्थाहरुको सहयोगले हिमाली गाउँपालिकालाइ बिकासे गतिबिधीमा धेरै सहजता भएको बताए । बाधु बगर पनी हाल आएर यस्तो हरियो होला र यहा यस्तो तरकारी लगायत अन्न बाली फलाएर स्थानीयलाइ राहत होला भन्ने सोचेको पनी थिएनौ तर एकै बर्षमा हराभरा भएको देख्न पाइयो यो गाउँपालिका भरीको सफल योजनाको रुपमा लिन सकिने उनले बताए । गाउँपालिकाको बिकासका लागि गैरसरकारी संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको अध्यक्ष मल्लले बताएका छन् । सबैभन्दा पछाडी र दुर्गम गाउँपालिकाको रुपमा चिनिएको हिमाली गाउँपालिका बिकासका रुपमा पछडी रहेको गाउँपालिकामा संस्थाहरुको महत्वपुर्ण योगदानको कदर गर्दछु गाउँपालिका अध्यक्ष मल्लको भनाई रहेको छ ।
बगरमा सिचाई भएर खेती हुन थालेपछी स्थानीय सबै खुसी ब्यक्त गर्दै पिसवीन बाजुरालाई धन्यबाद समेत ब्यक्त गरेका छन् । हाल बगरमा कोदो धान सिमी लगायत बिभिन्न तरकारी फलाएका छन् । तरकारीका लागी बाधुबगरको बजारलाइ प्रयाप्त मात्रमा हुने गरेको र अर्गानीक तरकारी पाउने गरेको त्यहाका ब्यापारीले बताएका छन । बिगतका बर्षमा हरियो तरकारी खान त परको बिषय हो देख्न समेत पाइदैन थियो यो बर्षदेखी यहाका किसानले प्रयाप्त मात्रमा तरकारी फलाएपछी ब्यापारीहरुका लागी पनी सहज भएको स्थानीय ब्यापारी गंगालला तिमिलसिनाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार