शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ‘हजार जुनीसम्म’को पोस्टर र ट्रेलरबाट प्रियंका किन बेपत्ता?

‘हजार जुनीसम्म’को पोस्टर र ट्रेलरबाट प्रियंका किन बेपत्ता?

  • मङ्लबार, साउन १४, २०७६
‘हजार जुनीसम्म’को पोस्टर र ट्रेलरबाट प्रियंका किन बेपत्ता?

शुक्रबार विकास राज आचार्य निर्देशित ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरियो। ट्रेलर सार्वजनिक कार्यक्रममा सिनेमाका प्रमूख कलाकार सबै देखिए तर अभिनेत्री प्रियंका कार्की देखिइनन्।

सबैको नजर अभिनेत्री प्रियंकालाई खोज्दै थियो।

केहि दिन अगाडि सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा प्राय सबै कलाकार अटाउँदा प्रियंका भने गायब थिइन्। यसले सबैमा किन? भन्ने कौतुहलता जगाएको थियो।

यस कौतुहल्ताको जवाफ ट्रेलर सार्वजनिक कार्यक्रममा प्रियंकाबाट मिल्ने धेरैको अपेक्षा थियो तर अफशोच प्रियंका कार्यक्रममा अनुपस्थित रहिन्।

त्यसो त निर्देशक आचार्य पनि कार्यक्रममा उपस्थित थिएनन्। उनलाई कानमा समस्या भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी आयोजकले दिए।

तर प्रियंका?

अब प्रायः आफ्ना कुनै सिनेमा, चाहे तिनमा जत्तिनै सानो भूमिका किन नहोस् प्रियंका कुनै पनि कार्यक्रम छुटाउँदिनन। तर यस कार्यक्रममा उपस्थित नभएपछि धेरैमा कतै निर्माणपक्षसँग उनको लफडा त परेन भन्ने आशंका थियो।

साक्षात्कारमा सो जिज्ञासा मेटाउन संचारकर्मीले प्रियंका पोस्टर र ट्रेलरमा नअटाउनुको कारण सोधे।

सो प्रश्नको जवाफ सिनेमाका स्क्रिप्ट लेखकमध्येका एक सामिप्य राज तिमल्सेनाले दिए।

‘अलिकति संस्पेन्स हो भनेर हो। अहिलेलाई यति नै भने। सिनेमा हेरिसकेपछि तपाईंले धेरै कुराको जवाफ पाउनुहुन्छ। किन प्रियंकाजी लुक्नु भएको रहेछ भनेर’, उनले भने, ‘त्यसलाई हामीले योजनाका रूपमा नै अगाडि लगेका हौं तर के योजना हो भनेर चाँहि हामी अहिले नै भन्दैनौ।’

उनले यस्तो प्रस्टिकरण दिए पनि आचार्यका सिनेमामा थुप्रै चर्चित अनुहारले अतिथि भूमिका  निभाउने गरेकाले प्रियंका पनि त्यस्तै भूमिकामा रहेकाले उनलाई पोस्टर र ट्रेलरमा स्थान नदिएको पनि हुनसक्छ।

उसैपनि नेपाली सिने नगरीमा आन्तरिक कुराहरू धेरै समय लुकीराख्दैन्। प्रियंका कार्की सार्वजनिक हुने अर्को कार्यक्रममा उनी किन अटाइनन् भन्ने बारेमा जवाफ मिल्ने नै छ।

सिनेमा  साउन ३० गते रिलिज हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार