शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • विश्वका १४ देशमा टेलिकमको इन्टरनेट चलाउन पाइने

विश्वका १४ देशमा टेलिकमको इन्टरनेट चलाउन पाइने

  • शुक्रबार, अशोज ३, २०७६
विश्वका १४ देशमा टेलिकमको इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले डाटा रोमिङ सेवालाई विस्तार गरेको छ। यसअघि भारतीय सहरका लागिमात्र ल्याएको यो सेवा भारत बाहेक १३ मुलुकमा पनि नेपाल टेलिकमको सिमबाटै इन्टरनेट चलाउन पाइने गरि विस्तार गरिएको छ।

टेलिकमले भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट डाटा रोमिङ सेवा शुरु गरेको थियो। यो सेवा ग्राहकले आजै (असोज ३) देखि प्रयोग गर्न पाउने छन्।

कुन-कुन देशमा चल्छ इन्टरनेट ?

कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् ।

साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् ।

हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।

केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने कम्पनीले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार