शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • २६० जनाको कैद कट्टा, २२ ले पाए सजाय माफी

२६० जनाको कैद कट्टा, २२ ले पाए सजाय माफी

  • शुक्रबार, अशोज ३, २०७६
२६० जनाको कैद कट्टा, २२ ले पाए सजाय माफी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २२ जनाले सजाय माफी पाएका छन् ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका २६० को कैद कट्टा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार कैद कट्टा हुनेमा भीमबहादुर शेर्पा लगायत छन् । त्यस्तै, संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्व लगायतको जरिवाना मिनाहा भएको छ ।

संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी सजाय माफी हुनेमा रामकिशोर साह तेली लगायत छन् ।

चर्चामा

सम्बन्धित समाचार