शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • किन धेरै समय टिक्दैन कलाकारको सम्बन्ध ?

किन धेरै समय टिक्दैन कलाकारको सम्बन्ध ?

  • बिहिबार, अशोज २, २०७६
किन धेरै समय टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्र बाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन् । जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन, भित्री रुपमा उनीहरुले त्यो पाउँदैनन् । नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय नै लाग्दैन । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध धेरै टिक्न सकेन ।

३ बर्ष अघि बिहे गरेर ६ महिना अघि मात्र शिल्पा र छविले बिहे दर्ता गरेका थिए । यसको अर्थ, छवि र शिल्पा कानुनी रुपमा जोडिएको ६ महिना मात्र भयो । तर, घरेलु हिंसाको उजुरीबाट सुरु भएको सम्बन्ध अब डिभोर्सको संघारमा पुग्यो । शिल्पा र छविको सम्बन्ध सकिनुमा शंका र उमेर अन्तरले साथ दिएको छ । एकले अर्कालाई गर्ने शंका, उमेरको अन्तरले सोचमा देखिएको फरकपनाले गर्दा उनीहरु अलग हुँदैछन् । तर, बाहिरी रुपमा एकले अर्कालाई नराम्रो देखाउने खेल ठूलै छ । तर, नेपाली फिल्मका कलाकारको डिभोर्स यस्तो घटना भने नयाँ होइन् । छविले नै अभिनेत्री रेखा थापासँग डिभोर्स गरेका थिए । रेखा र छविको सम्बन्ध पनि १० बर्षमै सकियो । रेखा र छविको सम्बन्ध पनि शंका र उमेर अन्तरमै सकिएको देखिन्छ ।

गायिका अन्जु पन्त र गायक मनोजराजको पनि डिभोर्स भयो । यो जोडीमा पनि शंकाले ठूलो स्थान लियो । शंका नै शंका र मनोज र अन्जुको पारिवारिक सम्बन्ध टुट्यो । अन्जुको आँशु संचारमाध्यमका लागि मसला त बन्यो । तर, अन्जु र मनोजले पनि करिअरलाइ एकसाथ लैजान सकेनन् ।

अभिनेत्री रीमा विश्वकर्माको पनि डिभोर्स भयो । बिहे भएको २ बर्षमै उनको डिभोर्स भयो । रीमाको डिभोर्स हुनुमा पनि शंकाले नै ठूलो हात राख्यो । विदेशमा रहेका उनका पूर्व श्रीमान् र उनी नेपालमा रहँदा शंकाले काम गर्यो र उनीहरु अलग हुन पुगे ।

अभिनेत्री प्रियंका कार्की पनि डिभोर्सी हुन् । उनले भने रोचक मैनालीसँग डिभोर्स गरेकी हुन् । रोचक र प्रियंकाले अमेरिकामा नै बिहे गरे । तर, प्रियंका नेपाल आएपछि उनी फिल्ममा बढी व्यस्त भइन् । यसपछि भने उनी र रोचक मिल्न सकेनन् । दुइले डिभोर्स दिने निर्णय गरे । डिभोर्स भएपछि प्रियंका अब अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा छिन् । अभिनेत्री संचिता लुइटेलको पनि पहिलो बिहे डिभोर्समा टुट्यो । अभिनेता आकाश शाह र अभिनेत्री संचिताविच बिहे भएको थियो ।

तर, आकाश र संचिताको बिहे लामो समय टिक्न सकेन । बिहेलाइ अघि बढाउन नपाएपछि दुइले अलग हुने निर्णय गरे । अभिनेत्री संचिताले आकाशसँग बैबाहिक सम्बन्ध टुटेको केही बर्षपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् । गायक धीरज राई र नायिका छुल्ठिम गुरुङको वैवाहिक सम्बन्धमा पूर्ण्बिराम लागेको हो ।

डिभोर्स गरेरै दुई जना छुट्टीएका थिए । नेपाली सिनेमामा डिभोर्स गर्ने कलाकारको संख्या लामो छ । शिव श्रेष्ठदेखि राजेन्द्र खड्गीसम्मले डिभोर्स गरेर अर्को बिहे गरे । बिवाहको कुरामा अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी पनि छन् । यी दुइले पनि प्रेम गरेरै बिहे गरे । तर, लामो समयको बैबाहिक सम्बन्ध अलग भयो । यी दुइको सम्बन्धमा पनि शंकाले नै बढी काम गर्यो । कलाकारको वैवाहिक सम्बन्ध अलग हुनुमा शंकाले ठूलो काम गरेको छ ।

विशेषगरि, घर छाडेर लामो समयसम्म छायांकनमा व्यस्त हुनुपर्ने, पुरुष वा महिला कलाकारसँग हिमचिम हुनुपर्ने आदि कारणले गर्दा पनि कलाकारको सम्बन्ध विग्रिएको छ ।

यसैले कलाकारको घर लामो समयसम्म टिक्दैन पनि भनिन्छ । धेरै कलाकारको यो खालको खबरले विशेषगरि सिनेमा क्षेत्रमा कलाकार हुनका लागि आफ्ना छोराछोरीलाई भित्राउने वर्गको संख्या कम देखिएको हुन्छ । आखिर के कारणले हुन्छ डिभोर्स भन्ने त कसैले पनि बुझेको छैन ।

चर्चामा

सम्बन्धित समाचार