शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • साँफे मार्तडी सडक अबरुद्ध

साँफे मार्तडी सडक अबरुद्ध

  • सोमवार, भदौ ३०, २०७६
साँफे मार्तडी सडक अबरुद्ध
फोटो क्यापसन साँफे मार्तडी सडक खण्डको बल्धेमा पहिरो आएपछि शनिवार राति बाट सडक अबरोध भएको छ । हिडेर वारपार गर्ने गरेका छन् । प्रकाश सिंह

बाजुरा, ३० भाद्र
बर्षाका कारण साँफे मार्तडी सडक खण्डको बल्धेमा पहिरो आएपछि शनिवार राति बाट सडक अबरोध भएको छ । अबरोध भएको धेरै समय नहुँदै फेरी सडक बन्द भएको छ । सडक बन्द हुँदा सदरमुकाम मार्तडीमा सम्म चल्ने सवारी साधन बन्द भएका छन् ।सडककोतलको भाग पुरै पहिरो गएको र माथि पनि अफठयारो भएकाले सडक बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।पहिरोले बल्दे,अम्कोट,पानिनाउला लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिराले सडक भासेको छ। शनीबार राति देखी आएको वर्षालेबल्ेधमा पहिरो गएपछि लामो तथा छोटो दुरीका यातायातका साधनहरुबल्दे बजार भन्दा माथि आउन नसकेको स्थानिय गणेश थापाले बताएका छन् ।
सडक बन्द हुँदा सदरमुकाम लगायत बाजुराको पुर्वोउत्तरी क्षेत्रमा सामान ढुवानी गर्न समस्या भएको छ । त्यस्तै स्थानियलाई आवतजावत गर्नमा समस्या भएको भेटनरि अस्पताल तथा पशु बिज्ञ केन्द्रका सिद्धराज जैशीले वताए । बन्द सडकलाई खुलाउन सडक डिभिजन कार्यलय साफे सँग कुरा भएको भएपनि पानि कम नहुँदा सम्म खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले वताएका छन् । अर्को त्यहाँ बाट यातायात सञ्चालन गर्न पनि समस्या भएको उनले वताए । भासिएको सडकमा यातायत संचालन गर्न अप्ठेरा भएकोले नया एलामेन्ट बदल्नु पर्ने सडक बिभागले वताएको छ ।
त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई कटान गर्दै आएको छ । अर्को बुढिगंगा नदिको केही भाग बर्षादको समयमा थुनिदै आएको छ । नदि वारिपटि बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरदै सडक समेत पहिरोले लिएको हो ।गएको बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो । पटक पटक सडक अबरुध भएपनि बाटोको बिकल्पको खोजी नभएको स्थानियको गुनासो रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार