बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • ‘कुवेतलाई रोक्न प्रयास गर्ने छौं’

‘कुवेतलाई रोक्न प्रयास गर्ने छौं’

  • बिहिबार, चैत्र १४, २०७५
‘कुवेतलाई रोक्न प्रयास गर्ने छौं’

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलमा अघिल्लो खेलको नतिजालाई निरन्तरता दिने बताएका छन् ।

दुई खेलको मैत्रीपुर्ण खेलका लागि कुवेतमा रहेको नेपाली टोलीले (आज) सोमबार घरेलु टोलीसंग दोस्रो मैत्रीपुर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९:१५ मा सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । नेपाल दोस्रो खेलमा पनि उक्त नतिजालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

कुवेतसंगको खेलअघि मुख्य प्रशिक्षक कालिनले घरेलु टोलीसंग कम्तिमा बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रने बताए ।

‘हामी पहिलो खेलको प्रदर्शनलाई नै निरन्तरता दिनका लागि मैदानमा उत्रने छौं । कुवेत हामीविरुद्ध आक्रामक अबस्थामा रहने छ,’ प्रशिक्षक कालिनले भने, ‘त्यसैले हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो । अघिल्लो खेलमा जस्तै संयमित भएर प्रदर्शन गर्ने छौं । हाम्रो लक्ष्य कम्तीमा बराबरी खेल्ने हो ।’

प्रशिक्षक कालिनले नेपाली टोलीमा पहिलो खेलको नतिजाले आत्मविश्वास बढेको बताए ।

‘खेलाडीले मिहेनत गरेका छन् । पहिलो खेलले आत्माविश्वास बढेको छ । जसले गर्दा दोस्रो खेलमा पनि सकरात्मक नतिजा आउनेमा म विश्वस्त छु,’ प्रशिक्षक कालिनले भने ।

यस्तै कप्तान विराज महर्जनले कुवेतलाई आफुहरु कमजोर टोली नरहेको सन्देश दिन चाहेको बताए ।

‘कुवेत हामी भन्दा बलियो टिम हो तर उसलाई हामीपनि कम होइनौं भन्ने कुरा देखाएका छौं । दोस्रो खेलमा पनि हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं,’ कप्तान महर्जनले भने ।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा ३ औं स्थान माथिको कुवेतसंग मैत्रीपुर्ण खेल खेलेको हो । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार