बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस भब्य कार्यक्रम गरी मनायाे

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस भब्य कार्यक्रम गरी मनायाे

  • शुक्रबार, भदौ २०, २०७६
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस भब्य कार्यक्रम गरी मनायाे
जिल्ला सदरमुकाम मार्तडीमा बजार परिक्रमा गर्दै प्रहरी लगायत सर्बसाधारण

बाजुरा २० भदौ– १३ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस बिबिध कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा बिभिन्न कार्यक्रम मनाईको हो ।
जिल्ला सदरमुकाम मार्तडीमा बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको प्रङ्गणमा कोण सभाको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । कोण सभाको जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा सामुदायिक सेवा केन्द्र बाजुराका अध्यक्ष काल्चे दमाईको अध्यक्षतामा संचालन गरिएको प्रहरीले बताएको छ ।
सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरू गरी ५ सय जनाको उपस्थितिमा प्रभातफेरी तथा बजार परिक्रमा गरि दिवसको समापन गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई लागु औषध तथा मादक पदार्थ, लैङ्गिक हिंसा, बाल दुर्व्यबहार, छाउपडी, आधारभुत सुरक्षा, सडक सुरक्षा, साईवर सुरक्षा, प्रहरीलाई खबर गर्ने अवस्था र १०० नम्वरको प्रयोग, आधारभुत कानुन र मानब बेचबिखन तथा ओसारपसार लगायतका विषयमा एक हप्ता अगाडी देखी नै सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताए । कार्यक्रम जिल्लाका बिभिन्न बिद्यालय स्तरमा एक हप्ता अगाडी देखी संचालन गरिएको भाटले बताए

चर्चामा

सम्बन्धित समाचार