बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • तटबन्घले जोगीयो ६५ रोपनी जमीन

तटबन्घले जोगीयो ६५ रोपनी जमीन

  • बुधबार, भदौ १८, २०७६
तटबन्घले जोगीयो ६५ रोपनी जमीन

पदमबहादुर सिंह
बाजुरा १८ भदौ  । त्रिबेणी नगरपालिका ८ को कालापानी,ढडाली पन्तालीका स्थानीयको करिब ६५ रोपनी खेतियाग्य जमीन बर्षौ देखी बुढीगंगा नदिकले कटान गरिरहेको थियो । वर्षौ देखी कटान हुदै आएको खेतियोग्य जमीन आर्थिक वर्ष ०७५÷०७६ मा आएर रोकीएको छ ।
त्रीबेणी नगरपालिका र सकेही नगरपालिकामा संचालीन एनसिसिएपी कार्यक्रम अन्र्तगत राताढुङ्गा तटबन्ध तथा बृश्रारोपण गरेपछि नदिले खेति योग्य जमीन कटान बन्द भएको भएको स्थानीयले बताएका छन् । त्रिबेणी नगरपालिकाकै सबै भन्दा बढी अन्न फल्ने कालापानी क्षेत्र बुढिगंगा नदिले बर्षेनी कटान गरेपछि स्थानीयले बिभिन्न निकायसंग खेतियोग्य जमिन र त्यस क्षेत्रमा रहेका २ सय ४५ घरधुरीलाई जोगाउन पहालको लागी अनुरोध गरेपछि । नगरपालिका र एनसिसिएसपीको सहयोगमा ३ सय २६ ग्याविन जाली भरेर २ सय ७५ मिटर लामो पर्खाल लगाएपछि बस्ति जोगिएको राताढुङ्गा तटबन्ध तथा बृक्षरोप समितिका अध्यक्ष नरी रावलले बताए । त्रीबेणी नगरपालिकाको तीन लाख र एनसिसिएपीको १९ लाख ५० हजार बजेटमा उक्त तटबन्ध निमार्ण गरीएको योजनाका अध्यक्ष रावलले बताए ।


तटबन्ध हुदा कालापानी बासीलाई धेरै ठुलो राहात भएको उनले बताए । एक त गाउमै यति ठुलो योजना आयो गाउले सबैले काम पाए । कामका साथै बर्षौ देखी नदिले कटान हुदै आएको खेतियोग्य नमिन जोगाउन पाए रावलले बताए ।
तटबन्ध गरिएको ठाउमा केही समयको लाग िभन्दा पनि दृघकालीन सोचका साथ ४ सय २५ बिभिन्न जातका बिरुवा बृक्षारोपण गरीएको योजनाका सचिब रामबहादुर थापाले बताए ।
बर्ष सुरु भयोकी पानि पर्ने बितिकै दिउसो गोडमेल गरे आएको भोलीपल्ट नदिले खेत पुरै बगर बनाउथ्यो । प्रत्यक दिन आज एक भोली अर्को खेत लिन्थ्यो । यो बर्ष तटबन्ध बनाएपछि रोकीएको नरेन्द्रा गिरीले बताईन ।

 
कुल लागतको १५ देखी २० प्रतिशत स्थानीयको जनश्रमदान रहेको छ । भने योजना छनोट प्रकृया त्रिबेणी नगरपालिकाले छनोट गरेर नगरकार्यपालिकाबाट पास भएको एनसिसिएपीका त्रीबेणी नगरपालिका संयोजक गणेश जोशीले बताए । एनसिसिएपीले त्रिबेणी नगरपालिकामा एक करोड बजेट खर्च गर्ने प्रबधान रहेको थियो यसैमा तीन ओटा तटबन्ध, २ खानेपानी र एक सिचाई योजना निर्माण गरीएको जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार