शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बजार
  • नेपालको नाडाअटो शो,मा राखिएको ७३ लाख ९० हजारको बाईक कस्ले किन्यो ?

नेपालको नाडाअटो शो,मा राखिएको ७३ लाख ९० हजारको बाईक कस्ले किन्यो ?

  • बुधबार, भदौ १८, २०७६
नेपालको नाडाअटो शो,मा राखिएको ७३ लाख ९० हजारको बाईक कस्ले किन्यो ?

काठमाडौं – नाडा अटो शोमा एमभी अगस्टाले प्रदर्शनका लागि राखेको एक्सक्लुसिभ बाइक ब्रुटाले ८०० आरआर एलएच४४ बिक्री भएको छ ।अति नै महंगो भएको र यसबाट चर्चामा आउन नचाहने क्रेता हुनाले कम्पनीले सो बाइक किन्ने ग्राहकको नाम भने सार्वजनिक गरेको छैन ।

लिमिटेड सिरिजको सो बाइक विश्वभर १ सय ४४ युनिट मात्र उपलब्ध छ र दक्षिण एसियाकै पहिलो र एक मात्र बाइक नेपालमा उपलब्ध भएको हो । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ भएको यसको आधिकारिक वितरक भेलोसिटी नेपाल प्रालिले जनाएको छ ।

फर्मुला वान च्याम्पियन लुइस ह्यामिल्टनको सहकार्यमा उत्पादन गरिएको सो बाइकमा ह्यामिल्टनको नम्बर ‘४४’ समेत प्रयोग गरिएको छ, जुन नम्बर ह्यामिल्टनले फर्मुला वान ट्रयाकमा प्रयोग गर्छन् ।

नेपाल ल्याइएको बाइक दक्षिण एसियामै पहिलोपटक आएको ब्रुटाले ८०० आरआर एलएच ४४ मोडल हो ।यसमा कार्वन फाइबर कम्पोनेन्ट र मेसिन्ड बिलेट कन्ट्रोल फिचर्स छ । यसमा लिक्विड र आयल रेडियटर कुलिङ प्रविधि जोडिएको छ । ३ सिलिन्डरको यो बाइकमा फोर स्ट्रोक र १२ भल्भ छन् । यो ७९८ सीसीको बाइक हो ।२०४५ एमएम लामो, ८७५ एमएम चौडा र ८३० एमएम उचाईको छ यो बाइक । ग्राउन्ड क्लेयरेन्स नै १३५ एमएमको छ ।

लुइस ह्यामिल्टन आफैले कस्टम डिजाइन गरेको यो बाइकमा कार्वन फाइबर कम्पोनेन्ट र मेसिन्ड बिलेट कन्ट्रोलको प्रयोग गरिएको छ । यसमा लिक्विड र आयल रेडिएटर कुलिङ प्रयोग गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार