• होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासंघ बाजुराको बैठक सम्पन्न, बिबिध विषयमा छलफल

पत्रकार महासंघ बाजुराको बैठक सम्पन्न, बिबिध विषयमा छलफल

  • शनिबार, भदौ १४, २०७६
पत्रकार महासंघ बाजुराको बैठक सम्पन्न, बिबिध विषयमा छलफल

नन्दा थापा
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको बैठक बसेको छ । महासंघले हालसम्म गरेका विभिन्न गतीविधिहरुको समिक्षा गर्न बैठक बसेको हो । महासंघले आफ्नै घर निर्माणको गर्नको विभिन्न दाताहरुसंग क्रृण सहयोग मागेर जग्गा पास गरेको थियो । आजको बैठकले उक्त घर जग्गाको रिण भुक्तानी गरीसकेले सबै सहयोगि स्थानिय तह, सहयोगी दातालाई धन्यवाद दिएको छ । महासंघका अध्यक्ष प्रकाश सिहको अध्यक्षतामा बसेको बैठकमा निजी घर निर्माणको लागि ३० लाख सहयोग गर्ने प्रस्ताव पास भएको भन्दै सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई तथा नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई धन्यवाद दिएको छ ।
डी एण्ड डी को तालिम हलमा बसेको बैठकले सदस्यता नविकरण असोज मसान्त भित्रै गरिसक्नु पर्ने र असोज भित्रै नगरिए महासंघ जिम्मेवारी नहुने समेत सार्वजानिक सुचना जारी गर्दै जानकारी गराएको छ । त्यस्तै नयाँ सदस्यता प्राप्त गर्नकोे लागि आजबाटै नयाँ सदस्यता खुल्ला गरिएको सुचना मार्फत जानकारी गराईएको छ ।
बैठकले पत्रकार प्रमित विकलाई पृतिशोक परेकाले दुख सहित समवेदना व्यक्त गर्दै उहाँलाई क्रिया खर्च सहयोग स्वरुप ५ हजार प्रदान गर्ने निर्णय भएको महासंघका सचिव प्रेम विकले बताउनु भएको छ । महासंघका सचिव पे्रम विकले सञ्चालन गर्नुभएको बैठकले महासंघले गरेका विभिन्न आर्थिक कारोवारलाई पारदर्शी बनाउन भन्दै महासंघका कोषाध्यक्ष नन्दा थापाको संयोजकत्वमा सचिव प्रेम विक र लक्ष्मीराज पाध्याय सदस्य रहने गरी लेखा परिक्षक जगत थापाद्धारा लेखापरिक्षण गर्ने निर्णय भएको छ ।
साथै आजको बैठकले नजिकिएको हरितालिका तिज पर्वलाई मध्यनजर गर्दै महासंघको तर्फबाट कोषाध्यक्ष नन्दा थापाको संयोजकत्वमा तिज विशेष कार्यक्रम मनाउने निर्णय गरको छ । बैठकमा बरिष्ठ उपाध्यक्ष निमेन्द्र शाही लगायत कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार