बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • ३ दिने जीवनोेपयोगी तालिम सम्पन्न

३ दिने जीवनोेपयोगी तालिम सम्पन्न

  • शुक्रबार, चैत्र १५, २०७५
३ दिने जीवनोेपयोगी तालिम सम्पन्न

बडीमालिका खबर
बाजुरा १५ चैत्र
किशोर किशोरीहरुका लागि संचालन गरिएको ३ दिने जीवनोपयोगी तालिम सम्पन्न भएको छ ।
बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजनामा संचालन गरिएको उक्त तालिम समापन गरिएको हो ।
बडीमालिका नगरपालिका ९ भित्रका ३० बढी किशोर किशोरीहरुको सहभागीतामा चैत्र १३ गतेबाट उक्त तालिम संचालन गरिएको थियो ।
तालिमको अवधिभर किशोर किशोरीहरुलाई किशोरावस्थामा हुने परिवर्तन र उनीहरुको दैनिक जीवनमा आईपर्ने समस्या र समाधान कसरी गर्ने र जीवनोपयोगी सीपका तत्वहरुका बारेमा जानकारी गराईएको बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।
३ दिने तालिमको अबधिमा बडीमालिका नगरपालिका स्वास्थ्य शाखाकी ललिता दानीले किशोर किशोरीहरुमा आउने शारिरिक परिवर्तन, महिनावारी, प्रजनन स्वास्थ्य, यौन रोगका बारेमा जानकारी गराएकी थिईन् ।
त्यस्तै बडीमालिका नगरपालिका वडा नं. ९ की वडा सचिव शोभा शाहीले समाजमा रहेको छाउपढी, बालविवाह, अन्धविश्वास, कुरिति बारे किशोर किशोरीहरुलाई तालिममा जानकारी गराएकी थिईन् ।
तालिममा सहभागी गीता विकले किशोर किशोरीहरुका लागि प्रदान गरिएको ३ दिने तालिमले सबै किशोर किशोरीहरुको जीवनमा सहयोग पगेकोमा खुसी व्यक्त गरेकी छिन् ।
बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रम वडा संचिव शोभा शाहीले संचालन गरेकि थिईन् । समापन कार्यक्रममा पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार