बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • नागरीक समाज कोल्टिलाइ पत्रकार गगन अयडीको खुल्ला पत्र

नागरीक समाज कोल्टिलाइ पत्रकार गगन अयडीको खुल्ला पत्र

  • बिहिबार, भदौ १२, २०७६
नागरीक समाज कोल्टिलाइ पत्रकार गगन अयडीको खुल्ला पत्र

प्रिय मित्र यदी बाजुरा जिल्लाको पुर्वीउत्तरी भेगमा रहेको कोल्टी क्षेत्रको सच्चा नागरीक समाज हो भन्ने कोल्टी क्षेत्र भौगोलीक रुपमा विकट भए पनी जलजङ्गल जमीन लगाएतका विकासका प्रस्सत संभावना बोकेको ठाउँ छ । त्यस प्रती कोल्टी नागरीक समाजको ध्यान जान जरुरी छ । यदि नागरिक समाजको बिल्ला भर्ने हो भने ।

विगत वर्ष देखी मौलाउदै आएको बाजुरा जिल्लाको कोल्टी क्षेत्रको भष्ट्रचार विरुद्ध नागरीक समाजले बोल्न जरुरी छ । भर्खरै मात्र हरेक पत्रपत्रीका, रेडीयो, अनलाइन जस्ता मिडीयामा बाहिर थुप्रै सवाल सार्वजनिक भएका छन् । बुढीन्नदा नगरपालीकामा विगत केही महिना देखि सुत्केरी आमाले सुत्केरी भता पाएको छैनन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक बिहिन बनिसकेको छ । अर्को कुरा नमिलेर आकस्मिक प्रसुति केन्द्र सञ्चालनमा आएन । यो बिषयमा नागरिक समाज किन बोल्दैन ।
मार्तडी कोल्टी सडक खण्ड सुचारु नहुदा स्थानियले सास्ती बेहोरर्दै आएका छन । सडकमा करोडौ खर्च भएपनी त्यसको कु्नै हिसाबकिताब छैन् । कोल्टीको विजुली मा करोडौ लगानी छ तर नियमीतता छैन । कता गयो त्यो पैशा किन खोजी हुदैन नागरिक अगुवा ज्यु । कोल्टी क्षेत्रमा खाने पानकिो हाहाकार छ । कुनै पनि योजनाको डिपिआर र वाताबरणिय प्रभाब मुल्याकंन नगरी मनोमानीत तरीकाले डोजर प्रयोग गरेका छन । कोल्टी क्षेत्रका दुर्गम विद्यालयको शैक्षिक गुणस्तर खस्कीदै गएको छ, के यसमा नागरिक समाजको भुमिका हुदैन र ।
गत जेष्ठ महिना मा सञ्चालन भएको राष्टीय रनिङ्ग सिल्डमा भाग ललिन आएकी हिमाली गाउँपालीका विच्छँयाकी एक बालीका खेलमा समावेस हुन नपाई दुई महिना सम्म बेपता भईन् । दुइ महिना पछी विच्छाया कंकाल ं(लास) भेटीयो । तर कसरी ति मृत्युमा पुगीन कुनै सत्यतथ्य बाहिर ल्याउने काम भएन । संभावना बोकेको जैतुन अलपत्र छ, नागरिक अगुवाको मिलोमतो रहेको आरोप बाहिर आँउछ । तर कागजमा जैजुनका नाममा ठुलो खेतिपाति भइरहेको छ । जैतुनका कार्यलयमा कार्यक्रम लिने नदिए थर्काउने काम हुने जस्तो पनि नागरिक समाजको काम हो की त । कर्णालीमा ्यापटिङ सञ्चालन भएको हल्लीखल्ली भयो त्यसको अबस्था के छ । हिमाली गाँउपालिकाको धिमको खानेपानीमा लाखौ अनियमित भएको छ, तर कसलाइ वास्ता छैन् । ठेक्कामा मिलोमतो नागरिक समाज पनि पैशाको भागमा लाग्ने, अनि कता बाट विकास हुन्छ ।
कोल्टिको बजार त्यस्तै अब्यबस्थित छ, जनप्रकाश उमाबिका भवनको हालत हेर्दा झनै दुरगति देखाउछ । स्थानिय तहको मनपरी र आर्थिक अनियमितता छ, के यसमा नागरिक समाजलाइ कमिसन आएर चुप त हैन् । नागरिक समाजको त्यो क्षेत्रमा धेरै सवालमा मत्वपुर्ण भुमिका छ तर नागरीक समाजको काम ताग परे तिवारी नत्र गोतामे नहोस यही कामना छ ।
गगन अयडि नेपाल पत्रकार महासंघ शुदुरपश्चिम प्रदेश सदस्य तथा नया पत्रिका दैनिका आबद्ध छन् ।

चर्चामा

सम्बन्धित समाचार