• होमपेज
  • समाज
  • चोरीकाे अभियाेगमा दुई हजार १४२ जना विरुद्ध मुद्दा

चोरीकाे अभियाेगमा दुई हजार १४२ जना विरुद्ध मुद्दा

  • मङ्लबार, साउन २८, २०७६
चोरीकाे अभियाेगमा दुई हजार १४२ जना विरुद्ध मुद्दा
काठमाडाैं — देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५/७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो ।
मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताए । “दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ”, उनले भने । प्रहरीले आव २०७४/७५ मा चोरीका घटनामा एक हजार ६२८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । उपत्यकामा ८८८ विरुद्ध मुद्दा दायर काठमाडौँ उपत्यकामा चोरीका घटनामा ८८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । उपत्यकामा आव २०७५/७६ मा उक्त व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा साधारण चोरीमा ६७९, मोटरसाइकल चोरीमा ५१, नकबजनी चोरीमा ३६, डाँका चोरीमा ८७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विगतका वर्षहरुमा भन्दा उपत्यकामा सङ्गठित रुपमा हुने चोरीका घटनामा कमी आएपनि साधारण चोरीका घटनामा भने कम नआएको बताउछन् ।

चर्चामा

सम्बन्धित समाचार