शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • पर्यटनमन्त्रीको आग्रह: सामाजिक सञ्जालमा ‘नेपाल भ्रमण वर्ष’ को लोगो राखिदिनुहोस्

पर्यटनमन्त्रीको आग्रह: सामाजिक सञ्जालमा ‘नेपाल भ्रमण वर्ष’ को लोगो राखिदिनुहोस्

  • सोमवार, साउन २७, २०७६
पर्यटनमन्त्रीको आग्रह: सामाजिक सञ्जालमा ‘नेपाल भ्रमण वर्ष’ को लोगो राखिदिनुहोस्

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ‘भ्रमण वर्ष २०२०’ सफल बनाउन सबैसँग आग्रह गर्नुभएको छ । आइतबार एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सबै नागरिकको साथ आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले देशमा पर्यटन क्षेत्रलाई बलियो बनाएर आर्थिक अवस्था बलियो बनाउने र रोजगारी सृजना गर्ने उद्देश्यका साथ भ्रमण वर्ष घोषणा गरिएको बताउनु भएको छ ।

भ्रमण वर्षकाे अपनत्व सबैले ग्रहण गर्नुपर्नेमा पनि मन्त्री भट्टराईले जोड दिनुभएको छ । विशेषगरी सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्षको लोगो प्रयोग गरिदिन मन्त्री भट्टराईले आग्रह गर्नुभएको हाे ।

‘स्वदेश तथा विदेशमा रहेका समस्त दाजुभाइ तथा दिदीबहिनीले भ्रमण वर्ष २०२० लाई प्रारम्भिकरुपमा सहयोग गर्नको लागि आफूले प्रयोग गर्ने व्यक्तिगत र संस्थागत सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्षको लोगो राखिदिनुहुन अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार