शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • ‘कुरा मात्र भो’ शनिबार ८: ३० मा एनटिभी प्लसबाट

‘कुरा मात्र भो’ शनिबार ८: ३० मा एनटिभी प्लसबाट

  • आइतवार, साउन २६, २०७६
‘कुरा मात्र भो’ शनिबार ८: ३० मा एनटिभी प्लसबाट
कुरा मात्र भाग १४

 नेपाली  हास्य ब्यंग्य श्रृंखला ‘कुरा मात्र भो’ अब उप्रान्त एनटीभी प्लसबाट शनिबार  राति ८:३० मा प्रसारण हुने भएको छ । ‘कुरा मात्र भो’  यसअघि प्रत्येक शुक्रबार राति ८: ०५ मा एनटिभी प्लसबाट प्रसारण हुँदै आएको थियो ।

शनिबार  राति ८: ३०देखि कुरा मात्र भोको प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान  र ग्लोरी मिडियाबीच ०३ गते शुक्रवार नयाँ सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । ‘कुरा मात्र भो’ हालसम्म १४ भाग  प्रसारण भई सकेको उनले बताए ।

जेसिका इन्टरनेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त  टेलिसिरियलको निर्देशन अर्जुन गौतमले गरेका छन् । निर्देशक अर्जुन गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषयबस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो  हास्य ब्यंग्य श्रृंखला युट्युब च्यानल जेसिका इन्टरनेन्मेन्टमार्फत पनि हेर्न सकिने उनले  बताए ।

साहित्यकार सनत आचार्यको लेखन रहेको उक्त हास्यब्यंग्य श्रृंखलामा कलाकारहरु उत्तम अर्याल ‘कोदे’, लक्ष्मण चौलागाई लगायतको अभिनय रहेको छ । त्यसैगरी ‘कुरा मात्र भो’को निमार्तामा कमल श्रेष्ठ, कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने  निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् । कुरा मात्र भोले दर्शकहरुलाई भरपूर मनोरन्जन दिने निर्माण पक्षको दाबी छ ।

चर्चामा

सम्बन्धित समाचार