बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्टक
  • आजै राति १२ बजेदेखि खाना पकाउने ग्यासको मुल्य घट्यो

आजै राति १२ बजेदेखि खाना पकाउने ग्यासको मुल्य घट्यो

  • बुधबार, साउन २२, २०७६
आजै राति १२ बजेदेखि खाना पकाउने ग्यासको मुल्य घट्यो

काठमाडौ । जनताका लागि खुःशीको खबर आएको छ । सरकारले ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राति ग्यासको मूल्य घटाएको हो ।

वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ । यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ । सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ।

जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ । यस्तै, डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ। साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो । सचिव अधिकारीले भन्नुभयो, ‘यो सबै आवश्यकताअनुसार गरिएको समायोजन हो ।

चर्चामा

सम्बन्धित समाचार