• होमपेज
  • समाज
  • बझाङमा महिलाको गहना लुटपाट गरी हत्या प्रयास गर्ने २ जना पक्राउ

बझाङमा महिलाको गहना लुटपाट गरी हत्या प्रयास गर्ने २ जना पक्राउ

  • बुधबार, साउन २२, २०७६
बझाङमा महिलाको गहना लुटपाट गरी हत्या प्रयास गर्ने २ जना पक्राउ

बझाङमा महिलाको गहना लुटपाट गरी हत्याको प्रयास गर्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका थलारा गाँउपालिका–५, हाट घर भएकी २२ वर्षीया विमला ओलीको गहना लुटपाट गरी हत्याको प्रयास गर्ने थलारा गाँउपालिका–६ का प्रेम कठायत र सौरभ चौहानलाई प्रक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक सूर्यबहादुर केसीले जानकारी दिए ।

घटनामा संग्लग्न प्रेम कठायतलाई सोमबार बेलुका नै प्रहरिले पक्राउ गर्न सफल रहे पनि सोही घटनामा संग्लग्न रहेका सौरभ चौहान भने फरार रहेका थिए ।

फरार रहेका उनलाई प्रहरीले मंगलबार बेलुका बिथ्थडचिर गाउँपालिकाबाट प्रक्राउ गरेको डीएसपी केसीले बताए । आरोपित दुवै जना मिलेर सोमबार बेलुका साढे पाँच बजे पीडित विमला ओलीले कानमा लगाएका गरगहना लुटपाट गरी उनलाई उनको हत्याको प्रयास गरेको बताइएको छ ।

सोमबार बेलुका केदास्युँ गाउँपालिका–९, झोता माइती भएकी ओली आफ्नो घर आउने क्रममा थलारा गाउँपालिका–३, शिलाकोटमा दुई जना मिलेर गहना लुटपाट गर्नुका साथै मोबाइल समेत लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटपाटपछि दुवै जनाले उनको घाँटीमा टिनको पाता तथा रेडबुलको क्यानले रेटेर मार्ने प्रयास गरेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेले जानकारी दिए ।

उनीहरुले दिदीलाई पु¥याउन आएकी विमला ओलीकी १३ वर्षीया बहिनी सुलोचना ओलीलाई समेत हातपात गरेका थिए । पीडित विमलाको टाउको तथा आँखामा चोट लागेको छ घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका नेपालगञ्ज रिफर गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार