शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘जात्रै जात्रा’को ‘माया पिरिम’ सार्वजनिक (भिडियोसहित)

‘जात्रै जात्रा’को ‘माया पिरिम’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, चैत्र ३, २०७५
‘जात्रै जात्रा’को ‘माया पिरिम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत्र ३ ।

चलचित्र जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरिम’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पाली, विपिन कार्की, बर्षा राउत, दयाहाङ राई अभिनय रहेको छ भने रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारहरु फिर्चड रहेका छन् ।

गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर, लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको सङ्गीत रकबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्र जात्रै जात्रामा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको पनि अभियन रहेको छ ।

जात्राको सफलतापछि सिक्वेलकोरुपमा निर्माण गरिएको यस चलचित्रमा जात्रा, शत्रु गते जस्ता सफल चलचित्र निर्देशन गरिसकेका प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् । चलचित्र जेष्ठ ३ गतेदेख देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ ।

चर्चामा

सम्बन्धित समाचार