शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • ‘जिन्दगी नै भन्दिनँ’ मा ‘बोल्ड’ सुहाना

‘जिन्दगी नै भन्दिनँ’ मा ‘बोल्ड’ सुहाना

  • आइतवार, चैत्र ३, २०७५
‘जिन्दगी नै भन्दिनँ’ मा ‘बोल्ड’ सुहाना

काठमाडौं : फिल्म ए मेरो हजुर ३ को रोमान्टिक गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। ‘जिन्दगी नै भन्दिनँ’ बोलको उक्त गीतमा नायिका झरना थापाकी छोरी सुहाना थापाको साथमा नायक भुवन केसीका छोरा अनमोललाई फिचर्ड गरिएको छ।

ए मेरो हजुर ३ बाट अनमोलसँग सुहाना डेब्यु गर्दै छिन्। गीतमा निकै बोल्ड अवतारमा देखिएकी सुहानाको उक्त गीतको भिडियोले यो समाचार लेखुन्जेल २४ घण्टाको अवधिमा नै सात लाखभन्दा बढी दर्शक पाइसकेको छ।

मनाङको आइसलेक, सगरमाथा बेसक्याम्प र अमेरिकाको न्युयोर्कसम्मका रमणीय स्थानमा गीतको छायांकन गरिएको छ। सुनीलकुमार थापाले निर्माण गरेको उक्त फिल्मलाई झरना थापाले निर्देशन गरेकी छन्। एकनारायण भण्डारीको शब्द, सुगम पोखरेल र प्रविशा अधिकारीको स्वरमा सजिएको गीतमा आशिष अविरलले संगीत भरेका छन्।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको फिल्ममा कथा निर्देशक थापासँगै सुमन पौडेलको छ। बाबुराम दाहाल, छेतेन गुरुङ, सुमन पौडेल र प्रतीक पौडेलले स्क्रिप्ट लेखनमा साझेदारी गरेका छन्। ‘ए मेरो हजुर ३’ यही वर्षको अन्तिम साता चैत्र २९ मा रिलिज हुँदैछ। यो फिल्ममा अनमोल र सुहानाको अलावा अर्पण थापा, सलोन बस्नेत, रवीन्द्र झा, रूपा घिसिङ, रक्षा गौतम, विशाल पहारी, सरोज खनाललगायतको अभिनय रहेको छ।

अन्नपूर्णपोष्टबाट

चर्चामा

सम्बन्धित समाचार