बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, महाकालीमा पानीको बहाव बढेपछि नेपाल–भारत आवागमन ठप्प

वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, महाकालीमा पानीको बहाव बढेपछि नेपाल–भारत आवागमन ठप्प

  • मङ्लबार, साउन २१, २०७६
वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, महाकालीमा पानीको बहाव बढेपछि नेपाल–भारत आवागमन ठप्प

श्रावण २१, कञ्चनपुर ।
गएरातिबाट परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीमा रहेको शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ ।
जसका कारण कञ्चनपुरको सीमावर्ती क्षेत्र गड्डाचौकी भएर भारत जाने र भारतबाट नेपालतर्फ आउने चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको छ ।
महाकाली नदीमा प्रतिसेकेन्ड १ लाख क्युसेकभन्दा बढी पानीको बहाव भएमा खतरा मानिन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक ९एसपी० दिनेश आचार्यका अनुसार महाकालीमा १ लाख १३ हजार क्युसेकको रफ्तारमा बगिरहेको छ ।
बिहान १ लाख ३१ हजार क्युसेक पुगेको थियो । तर पैदल यात्रु र मोटरसाइकललाई भने आवतजावत गर्न दिइएको छ । एसपी आचार्यका अनुसार अहिले वर्षा कम भएको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर लगायतका क्षेत्र जलमग्न भएका छन् ।
बाह्रखरी बाट साभार

चर्चामा

सम्बन्धित समाचार