• होमपेज
  • गौमुल
  • बाजुरामा पहिरोमा परेर एउटै परिवारका आमा छोरीको मृत्यु ५ जना घाइते

बाजुरामा पहिरोमा परेर एउटै परिवारका आमा छोरीको मृत्यु ५ जना घाइते

  • शुक्रबार, साउन १७, २०७६
बाजुरामा पहिरोमा परेर एउटै परिवारका आमा छोरीको मृत्यु ५ जना घाइते

प्रकाश सिंह
बाजुरा, १७ साउन
बाजुराको गौमुल गाँउपालिका ६ बसालामा हिजो राति पहिरो जाँदा आमा छोरीको मृत्यु भएको छ । पहिरो बाट ५ जना घाइते भएको स्थानियले वताएका छन् ।
अबिरल बर्षा सँगै घर भन्दा माथि बाट राति पहिरो आएपछि ३०  बर्षकि निरुता चदाँरा र उनकि ६ बर्षकि छोरी किशु चदाराको मृत्यु भएको स्थानिय पत्रकार रमित बिकले वताएका छन् । पहिरो बाट अन्य ६ जना पनि घाइते भएको ९५ बर्षिय जंग चदाराको अबस्था गम्भिर रहेको स्थानियले वताएका छन् । उनको गौमुल गाँउपालिकाको शहरि स्वास्थ्य इकाइमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी गंगा प्रसदा न्याउपानेका अनुसार घटना स्थलमा राति नै प्रहरी खटाइएको अहिले सम्पर्क हुन नसकेको वताए । घटना भएको राति १ बजे खबर आएको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार