आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बिरामी कहाँ पुगे सांसद थापा, सहयोग गर्ने प्रतिबद्धता

बिरामी कहाँ पुगे सांसद थापा, सहयोग गर्ने प्रतिबद्धता

२ लाख १५ हजार पिडितलाइ हस्तान्तरण

  • सोमवार, साउन १३, २०७६
बिरामी कहाँ पुगे सांसद थापा, सहयोग गर्ने प्रतिबद्धता
अार्थिक संकलन भएकाे रकम पिडितलाइ हस्तान्तरण गर्दै सांसद थापा

बाजुरा, १३ साउन
प्रतिनिधि सभाका सांसद लाल बहादुर थापा बाजुरा बाट काठमाडौमा उद्धार गरिएका दुई बिरामी बालक कहाँ पुगेका छन् । उनिहरुको अबस्था बुझ्नुको साथै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाजुराको बुढिन्नदा नगरपालिका २ कोल्टि बस्ने रघु सार्कीका १५ बर्षका गोबिन्द्र सार्की र १० बर्षका रामलाल सार्की लाई काठमाडौमा उपचारमा छन् । सांसद थापाले दुबै भाइको लागि सरकार, अस्पतालमा सक्दो सहयोग गर्ने र आर्थिक अभाबमा अलपत्र नपर्न दिने बताएका छन् । साथै तिनिहरुको उपचारका लागि संकलन भएको २ लाख १५ हजार पिडितलाइ हस्तान्तरण गरेका छन् । साथै सांसद थापाले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
बिरामी कहाँ बुढिन्नदा नगरपालिका उपप्रमखु सृष्टि रेग्मि,  बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, नागरिक अगुवा लक्ष्मण जोशी, सांसद थापाका स्वकिय सचिब शुरेस रोकाया, बडिमालिका खबरका अनलाइन सम्पादक लक्ष्मीराज पाध्याय, बिस्नु खड्का समेत पुगेका थिए ।
बिरामी भाइहरुलाई नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले सहयोग गरीरहेको छ । गोबन्द्रिको नेपाल मेडिकल कलेजमा र रामलालको काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको संस्थाका अध्यक्ष सम्राटसिं बस्नेतले वताएका छन् । यिनिहरुको उपचार नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान र Joining hands for a change संस्थाले उपचार खर्चको सबै जिम्मा लिएको छ । उपचारको लागी देश बिदेश बाट आर्थिक सहयोग भएको थियो । आर्थिक अभाबमा रोग पाल्दै गरेको बडिमालिका खबर लगायत बिभिन्न संचार माध्यायममा समचार प्रकाशित भएको थियो ।
समचार प्रकाशित भएपछि बिभिन्न ठाउँबाट सहयोग संकलन हुनुका साथै नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले दुबै भाइलाई काठमाडौ लगेर उपचार शुरु गरेको संस्थाका अध्यक्ष सम्राटसिं बस्नेतले वताएका छन् । संस्थाले काठमाडौमा खान बस्न उपचारका लागि पहल गर्ने गरि काठमाडौ ल्याएको बस्नेतले वताएका छन् । गोबिन्द्र सार्कीको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको सर्जन, अर्थोपेटिक, छाला सम्बन्धि बिशेषज्ञ चिकित्सले उपचार शुरु गरेको छ । गोबिन्द्रको लामो समय देखिको रोग भएकाले चिकित्सले जाँच शुरु गरेको केही दिनमा रिपोट आएपछि रोग के हो भनेर पत्ता लाग्ने बस्नेतले वताएका छन् ।
त्यस्तै गोबिन्द्रका १० बर्षका भाइ रामलाल सार्कीको भ्हतचयउजथ चभउबष्च कगचनभचथ गर्नु पर्ने रहेको संस्थाले वताएको छ । कम्तिमा ५ पटक सर्जरी गर्नु पर्ने भएकाले रामलालको उपचारका लागि १० भन्दा बढि आबश्यक रहने संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । चिकित्सका अनुसार चाडै उपचार नगरे क्यान्सर हुने सम्भाबना रहेको वताएका छन् ।
गोबिन्द्रको दुबै खुट्टा संक्रमणले पिप जमेको छ भने रामलालको जन्मजात देखिनै रोगको शिकार बन्दै आएका छन् । उनका बुवा रघु सार्कीले अरुको हलो जोतेर परिवार पालिरहेका छन् । रघुले भने साहु महार्जनको हलो नजोते चुलोमा आगो बल्दैन । अभावका बाबजुद जेनतेन परिवार पालिरहेका छ, तर बच्चाहरुको उपचार गर्न सकेको छैन्, पत्रिकामा समचार आएपछि अहिले दुबै छोराको काठमाडौमा उपचार भइरहेको रघु सार्कीले वताए ।
कक्षा ६ मा अध्यनरत गोबिन्द्र र कक्षा १ मा अध्यनरत रामलाल बिद्यालय जान समेत मन मान्दैनन् । शरिरमा गन्ध आउछ भनेर हेला गर्छन्, कोही त शरिरमै थुकि दिने गर्छन्, उनि बताउछँन् । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा विद्यालय र कक्षाकै साथीहरुबाट गोविन्द घृणा सहन बाध्य भएको दुखेसो पोख्छन् । कक्षामा साथीहरु कोही पनि आफ्नो नजिकैसमेत बस्न नचाहने भन्दै साथीहरुकै अपमान र हेलोहोचो सहनु पर्दा आत्म हत्याको सोच आउने गरेको उनले बताए ।
‘गाउँमा, स्कुलमा मलाई देख्यो कि सबैले थुक्छन् । अनि बाँचेर पनि के गर्नु जस्तो लाग्छ । घाउको पीडा र साथीहरुको हेलाले बाँच्नै मन छैन’ उनले आफ्नो बेदना सुनाए ।

चर्चामा

सम्बन्धित समाचार