सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • प्रहरीको भेषमा अन्जली अधिकारीको नयाँ भिडियो भाईरल ( भिडियो )

प्रहरीको भेषमा अन्जली अधिकारीको नयाँ भिडियो भाईरल ( भिडियो )

  • सोमवार, असार ३०, २०७६
प्रहरीको भेषमा अन्जली अधिकारीको नयाँ भिडियो भाईरल ( भिडियो )

काठमाडौं- नेपाली हिन्दु नारीहरूको महान चाडका रुपमा हरितालिका तीजलाई लिइन्छ । समय र परिवेश अनुसार यो पर्व मनाउने तरिकामा भिन्नता आएको पक्कै हो तर आज पनि यो धुमधामका साथ मनाइने गरिन्छ । विहे भएका महिला माइत जाने, विहे नभएकाले आफ्नो लागि सुहाउँदो असल वरको लागि ब्रत बस्ने साथै मिठा मिठा परिकारहरू खाएर तीज मनाइन्छ । यीनै कुराहरू तीजका गीतमा पनि पाइने गरिन्छ ।

तर यी सबै कुराको बिच केही महिला हुन्छन् जो तीजलाई सर्वसाधारणले जसरी मनाउन सक्दैनन् । जस्तै सेवामा खटेका प्रहरी, सैनिक आदि । यस्तैमा महिला प्रहरीको तीजलाई विषय बनाएर कलाशी रोकायले तीज गीत लेखेकी छन् ।

मेलिना राईको स्वरमा रहेको ‘नाच दिदीबहिनी’ बाेलकाे उक्त गीतको संगीत कलाशीले नै गरेकी हुन् भने संयोजन बिनय कार्कीको हो ।

गीतमा तीजमा आफ्नो मनोकामना र ब्रत भन्दा ठूलो कुरा सर्वसाधारणको सुरक्षा मान्ने महिला प्रहरीको कथा रहेको छ ।

एक पेशामा आवद्ध भएपछि चाडपर्वहरूलाई त्यति गम्भिर रुपमा लिनु नहुने मनोशाय रहेकी महिला प्रहरीको दृश्टिविन्दुबाट गीत गाइएको छ । आफू जहाँ छौँ त्यही जसरी मिल्छ त्यसरी तीज मनाउन गीतले प्रेरित गरेको छ ।

समग्रमा प्रहरी सेवामा रहेकी महिला प्रहरीको ब्रत बस्ने, रातो चुरा, सारी लगाएर गाउने नाच्ने चाहना रहेको मनोविज्ञानलाई अप्रत्यक्ष रुपमा दर्शाइएको छ ।

गीतको भिडियोमा मोडल अञ्जली अधिकारी नबिता, कैलाश तथा अन्य प्रहरीहरू देखिएका छन् भने निर्देशन गौरव गिरीले गरेका हुन् । छायांकन अनिश खत्रीले गरेका हुन् भने सम्पादक गिरिश रिजाल समिप हुन् ।

हेर्नुहोस भिडियो…

चर्चामा

सम्बन्धित समाचार