सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • सिक्किमबाट आयो यति मिठो नेपाली गीत – भिडियो

सिक्किमबाट आयो यति मिठो नेपाली गीत – भिडियो

  • आइतवार, असार २९, २०७६
सिक्किमबाट आयो यति मिठो नेपाली गीत – भिडियो

सिक्किमकि नेपाली भाषी गायिका गीता शर्माको गीत सार्वजनिक भएको छ | कोकिल स्वरकी धनि गीताको ‘त्यो पहाड, यो खोला ‘ बोलको गीत सार्वजनिक भएको हो | यस अघि पनि रहने भो, सिक्किमेली भाका, मेरो मालिक, फिल्म अंगालो यो मायाकोमा समाबेस गीत उनको मायामा बोलको गीतमा समेत आफ्नो आवाज भरिसकेकी गीताले ‘त्यो पहाड, यो खोला’मा आफ्नो आवाज भरेकी छन् |

प्राकृतिक सौन्दर्य झल्किने उक्त गीत सौरव ले लेखेका हुन् भने कम्पोजिसन समेत उनकै रहेको छ | गीतम म्युजिक एरेन्जमेन्ट सुरवीर रसाइलीको रहेको छ भने डिरेक्सन दिलिप राइले गरेका छन् | साथै गीतमा त्रिसना तामांग र अनिसा प्रधानको अभिनय रहेको छ |

उसो त नेपाली भाषा, कला, साहित्य र गीत संगितकाे लागि उर्बर भूमि मानिने दार्जलिंग, सिक्किम लगायतका क्षेत्रबाट उत्कृष्ट सिर्जना र साधनारत सर्जक श्रष्टाहरू देखा परिरहन्छन | सिमानाले छुट्टिएर अर्कै देश भएपनि नेपालीहरुको मन भने अझै उस्तै छ | नेपाली साहित्य र संगीतको पृष्ठभूमि नियाल्ने हो भने यो क्षेत्रमा साधकहरु अग्रपंतिमा देखिन्छन् |
भिडियोः

https://www.youtube.com/watch?v=itheELVF_Q8

चर्चामा

सम्बन्धित समाचार