बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • चाैँथाे पतिसँग डिभाेर्सपछि के गर्दैछिन् डोनाल्ड ट्रम्पकी ७० वर्षे पूर्वपत्नी इभाना ?

चाैँथाे पतिसँग डिभाेर्सपछि के गर्दैछिन् डोनाल्ड ट्रम्पकी ७० वर्षे पूर्वपत्नी इभाना ?

  • आइतवार, असार २९, २०७६
चाैँथाे पतिसँग डिभाेर्सपछि के गर्दैछिन् डोनाल्ड ट्रम्पकी ७० वर्षे पूर्वपत्नी इभाना ?

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने चुनावी दौडमा लागिरहँदा उनकी पूर्वपत्नी के गरिरहेकी होलिन् ?

कतिपयलाई त ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्प ७० वर्ष पुगिसकिन् भन्ने पनि थाहा नहोला । खासमा उनी अझै मोडलिङको मोहबाट टाढिन सकेकी छैनन् भन्ने शंकेत उनका पछिल्ला गतिविधिले देखाउँछन् ।

इभाना पछिल्लो साता मात्रै ‘नाइट आउट’मा रमाउँदै गरेको ‘गस्सिप’ बनेको छ । यतिसम्म कि, नेक्लेस, रातो पारदर्शी पहिरन र सिल्भर हिलमा सिजएकी पूर्वमोडेल इभाना आफ्नो महिला साथीसँगै फ्रेन्च रिभिएरास्थित झुल्किएकी थिइन् ।

जुन रोमान्चक देखिन्थ्यो । अघिल्लो शुक्रबार साँझ मात्रै उनी आफ्नी महिला साथीसँग हिँडिरहँदा थुप्रै मिडियाले उनैलाई पछ्याइरहे । खासमा पछिल्लो श्रीमानको रुपमा इभानासँग रोसानो रोबिकान्डी थिए । तर पछिल्लो जुनमा मात्रै उनले रोसानोसँग पनि आफ्नो सम्बन्ध टुटेको घोषणा गरिन् । विवाहपछि प्रेमसम्बन्धमा रहे पनि उनीहरु अब टाढिएका छन् । गत वर्ष भने इभाना आफ्नो चौथो तर पूर्वपति रोसानोसँग नाचिरहेको भिडियो अझै चर्चामा छ ।

इभानाले सौहार्दपूर्ण रुपमा सम्बन्ध टुटेको भने पनि रोसानोको प्रतिक्रिया यस्तो छैन । यद्यपि उनी इभानालाई सम्मानपूर्वक मित्रको रुपमा लिएको बताउँछन् । रोसानोले इभानाका सन्तानमाथि गरेको टिप्पणी भने अप्रिय नै छन् । उनले इभानाका दुई छोरा र एक छोरीलाई ‘मुर्ख’, ‘घिनलाग्दो’ जस्ता शब्दले आलोचना गरेका थिए ।

इभानाले भने आफूहरु अहिले पनि राम्रो साथी रहेको बताएकी थिइन् । यस क्रममा इभानाले आफू स्वतन्त्र महिला भएको र यस्तै स्वतन्त्रतामा जिउन चाहेको प्रतिक्रिया दिएकी छन् । पूर्वपतिसँगको गत वर्षको डान्स भने निकै रुचाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार