शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’

लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’

  • शनिबार, असार २८, २०७६

तीज धेरै दिन बाँकी रहे पनि तीज लक्षित गीत बनाउनेहर भने अहिलेदेखि तात्तिन थालेका छन् । अहिले हरेक दिनजसो रेकर्डिङ स्टुडियोमा तीज गीतको रेकर्ड गर्ने, म्यूजिक भिडियो बनाउने र सार्वजनिक गर्ने क्रमले तिव्रता पाएको छ । नाम चलेकादेखि नामै नसुनिएकासम्मका लोक गायकगायिका यतिबेला धमाधम तीज बनाइरहेका छन् ।

यसै क्रममा चर्चित लोकगायिका तथा मोडल लक्ष्मी आचार्य पनि एउटा तीज लिएर सांगीतिक बजारमा देखा परेकी छिन् । ‘फुंगालेर माइती देश’ बोलको उनको तीज गीतमा बिष्णु न्यौपानेको शव्द तथा संगीत रहेको छ । गीतमा गायिका लक्ष्मी आफैले छमछमी कम्मर मर्काएकी छिन् ।

गायिका आचार्यले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतमा करण चैसिरको छायांकन, प्रविन भट्टको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको छ । उत्तम कुमार कार्की यो गीतको म्यूजिक भिडियोको डिनाइनर हुन् ।

भिडियो हेर्न यता क्लिक गर्नुस्

 

चर्चामा

सम्बन्धित समाचार