शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • लोकप्रिय हाँस्य सिरियल ‘कुरा मात्र भो’ भाग ९ (भिडियोसहित)

लोकप्रिय हाँस्य सिरियल ‘कुरा मात्र भो’ भाग ९ (भिडियोसहित)

  • शनिबार, असार २१, २०७६
लोकप्रिय हाँस्य सिरियल ‘कुरा मात्र भो’ भाग ९ (भिडियोसहित)

बडीमालिका खवर — एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्र भो’ प्रसारण भइरहेको छ । पछिल्लो समय दर्शकले यस सिरियलाई मन पराइदिएका छन् । अहिले समसामयिक घटनालाई हाँस्य खुराक मार्फत दर्शक हँसाइरहको छ ।

नाै  भागमा कृषि विषयलाई प्रमुखता साथ उठाएका कारण पनि दर्शकको नजरमा लसिरियल मन पराइदिएका छन् ।  यो हाँस्य सिरियल हरेक शुक्रबार साँझ ८ बजेदेखि प्रसारण हुन्छ । उक्त सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकले मन रुचाएका छन् । सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रुपमा पस्काइएको छ ।

निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी र राजनीति बिषयबस्तुलाई मुख्य आधार बनाइएको छ । उक्त सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई, जयराम सापकोटा, धर्मराज भट्टराई (स्याल बुढो), भोला अधिकारी, दिनेश तामाङ, पनिशा कार्की, सुमित्रा रिमाल, रामचन्द्र थापालगायत नयाँ तथा पुराना कलाकारले अभिनय गरिरहेका छन् । निर्देशक अर्जुन गौतमले बताएका छन् ।  उक्त सिरियललाई दर्शकले मन पराइदिनेमा विश्वस्त छन् । सिरियलमा साहित्यकार सनत आचार्यको कथा एवं पटकथा रहेको छ । रामचन्द्र थापाको प्रस्तुति रहेको यस सिरियललाई कमल श्रेष्ठले निर्माण गरेका हुन् । उत्त सिरियलमा जनकराज अधिकारीको छायाँकन, राज श्रेष्ठको सम्पादन रहेको छ । राजु श्रेष्ठ कार्यकारी निर्माता रहेको यो सिरियल युट्युबमा समेत हेर्न पाइने छ । यस च्यानलकाे मिडीया पार्टनरमा बाजुराबाट प्रकाशित बडिमालिका खवर डट कम पनी रहेकाे  छ ।

चर्चामा

सम्बन्धित समाचार